२४ मंसिर २०८२, बुधबार
,
Latest
निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीमा पहिचान पक्षधर ३ घटक समाहित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक भगवत् गीता’ले आज सेन्सर सिफारिस पाउने



अ+ अ-

काठमाडौंँ । विवादमा परेको चलचित्र ‘एक भगवत् गीता’ ले आज सेन्सर सिफारिस पाउने भएको छ ।

सेन्सर सिफरिसका लागि नामको अगाडि एक र बीचमा ड्यास राखेर निर्माण युनिटले नाम सच्याएपछि चलचित्र विकास बोर्डले आज सेन्सर सिफारिस दिनलागेको बोर्डका प्रवक्ता केएल बुढाथोकीले जानकारी दिए ।

निर्माण टिमले फिल्मको नामको अगाडि एक र बीचमा ड्यास् राख्ने बताएपछि धार्मिक संघ संस्थाहरु फिल्म रिलिज गर्न दिने सहमतिमा जुटेको बताउदै उनले भने, ‘हामी फिल्मलाई सेन्सर सिफरिस नदिने पक्षमा कहिल्यै थिएनौ र छैनौ पनि । बोर्डमा बिभिन्न धार्मिक संस्थाले निवेदन दिएर विवाद निम्त्याएका कारण सकभर मिलाएर लैजान केही समय अलमल भएको हो । दुबै पक्षको सहमतिबाट आज सेन्सर सिफरिस हुन्छ ।’

केही दिन अगाडि बिभिन्न धार्मिक संस्थाहरुले चलचित्रको नाम ‘भगवत गीता’ राखेर धर्ममाथि प्रहार गरेको भन्दै नाम परिवर्तनको माग गर्दै बोर्डमा निवेदन दिएका थिए । निवेदनपछि बोर्डले दुबै पक्षसहितको छलफलबाट विवाद मिलाउन भन्दै सेन्सर सिफरिस रोकेको थियो ।

आइतबार बोर्ड, निर्माण पक्ष र धार्मिक संघ–संस्थाले बोर्डमा नै संयुक्त पत्रकार सम्मेलन समेत गर्ने तयारी गरेका हुन् । फिल्म २९ भदौ अर्थात अगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ ।

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा र धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन् ।