२५ जेष्ठ २०८३, सोमबार
,
Latest
ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपमा भारत र पाकिस्तान भिड्दै, पानी परेर खेल रोकिए भोलिलाई ‘रिजर्भ डे’



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेट अन्गर्तत सुपर फोरमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ ।

दुई चीरप्रतिद्वन्द्वीबीचको खेल कोलम्बोस्थित आर प्रेमदाशा मैदानमा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । आज पनि यहाँको मौसममा बदली भई वर्षा हुने सम्भावना अधिक छ ।

यसै कारण यदि वर्षाका कारण खेल हुन नसकेमा भोलिका लागि ‘रिजर्भ डे’ राखिएको छ । रिजर्भ डेमा पनि नतिजा नआएमा दुवै टोलीले एक–एक अंकमा चित्त बुझाउनुपर्नेछ ।

विशेष कुरा के छ भने सुपर फोरको यही खेलमा मात्रै रिजर्भ डे राखिएको छ । साथै, फाइनल खेलमा पनि रिजर्भ डे हुनेछ ।

पाकिस्तानले सुपर फोर अन्तर्गत पहिलो खेलमा बंगलादेशलाई सात विकेटले पराजित गरेको थियो । भारत भने सुपर फोर पहिलो पटक खेल्दैछ ।

समूह चरण अन्तर्गतको खेलमा यी दुईबीच विजेताको टुंगो लाग्न सकेन । वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एक–एक अंकमा चित्त बुझाएका थिए ।

सुपर फोरमा पाकिस्तान, श्रीलंका, भारत र बंगलादेश रहेका छन् । शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । लगातार दुई खेलमा पराजित बंगलादेश प्रतियोगिताबाट लगभग बाहिरिएको छ भने नेपाल र अफगानिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।




भर्खरै