२३ जेष्ठ २०८३, शनिबार
,
Latest
औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपीको सिद्धान्त भुल्नहुँदैनः अध्यक्ष वाग्ले



अ+ अ-

दमौली । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताउनुभएको छ ।

एक सय १०औँ बिपी जयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज तनहुँले आज दमौलीमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले बिपी कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने उल्लेख गर्नुभयो ।

बिपी विचार समाज आदर्श पुरुष भएको बताउँदै वाग्लेले बिपीको नाम बेचेर पार्टीलाई धारासायी बनाउने काम भएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले गुट र उपगुटले गर्दा पार्टी कमजोर भएकाले पार्टीलाई बलियो बनाउनेतर्फ समाजले भूमिका खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिपीवादको अनुसरण गर्दै अगाडि बढ्दा पार्टी बलियो हुन्छ, उहाँले देखाएको बाटोमा सधैँ हिँड्नुपर्छ ।” वाग्लेले पार्टीलाई विचार दिनका लागि प्रजातान्त्रिक विचार समाजले सहयोग गर्ने बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाज तनहुँका अध्यक्ष ब्रम्हदत्त तिमिल्सेनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी लगायतले बिपीको योगदानको चर्चा गर्नुभयो । रासस