२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एजेण्डा मिल्नेहरुले गर्ने आन्दोलनमा एक्यवद्धता रहन्छः कमल थापा



अ+ अ-

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् ।

राप्रपा पनि आन्दोलनमा आएकोमा खुशी व्यक्त गर्दै थापाले राजासहितको प्रजातन्त्र ,सनातन हिन्दुराज्य र संघीयता खारेजीको लागि जसले कार्यक्रम गरेपनी एक्यवद्धता हुने स्पष्ट पार्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताले मुलुकलाई बर्बार्दीको बाटोमा लगेको समेत बताए ।

भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अस्थिरता र अराजकताको अन्त्य व्यक्ति परिवर्तनबाट संभब नहुने हुँदा अब व्यवस्था परिवर्तन गर्नुको बिकल्प नभएको दाबी गरे ।

व्यवस्था परिवर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केहि पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलायर बिधिको शासनको चिरहरण गरेको बताए ।

गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भइसकेकोले अब सबै अटाउने कोही निषेध हुनुनपर्ने मौलिक प्रजातन्त्र देशलाई आवश्यक रहेको बताए।

राजादेखि बिप्लब माओवादीसम्म अटाउने मौलिक प्रजातन्त्र ,सर्बधर्म सद्धभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल ,बागमती प्रदेश इन्चार्ज माधब खत्री जिल्ला अध्यक्ष श्याम प्रसाद नेपालले आन्दोलनको तयारी र जनपरिचालन बारे आ९आफ्नो धारणा राखेका थिए ।