२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एजेण्डा मिल्नेहरुले गर्ने आन्दोलनमा एक्यवद्धता रहन्छः कमल थापा



अ+ अ-

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् ।

राप्रपा पनि आन्दोलनमा आएकोमा खुशी व्यक्त गर्दै थापाले राजासहितको प्रजातन्त्र ,सनातन हिन्दुराज्य र संघीयता खारेजीको लागि जसले कार्यक्रम गरेपनी एक्यवद्धता हुने स्पष्ट पार्दै थापाले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताले मुलुकलाई बर्बार्दीको बाटोमा लगेको समेत बताए ।

भक्तपुर जिल्ला समितीद्वारा आज आयोजित कार्यक्रममा बोल्दै थापाले अस्थिरता र अराजकताको अन्त्य व्यक्ति परिवर्तनबाट संभब नहुने हुँदा अब व्यवस्था परिवर्तन गर्नुको बिकल्प नभएको दाबी गरे ।

व्यवस्था परिवर्तन गर्न अब राप्रपा नेपालले आन्दोलनको मार्ग रोजेको चर्चा गर्दै थापाले केहि पार्टीका मुट्ठीभरका नेताहरुले सेटिङ्गमा मुलुक चलायर बिधिको शासनको चिरहरण गरेको बताए ।

गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता असफल सिद्ध भइसकेकोले अब सबै अटाउने कोही निषेध हुनुनपर्ने मौलिक प्रजातन्त्र देशलाई आवश्यक रहेको बताए।

राजादेखि बिप्लब माओवादीसम्म अटाउने मौलिक प्रजातन्त्र ,सर्बधर्म सद्धभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराज्य र सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीले देशको हित र रक्षा गर्ने थापाको कथन थियो ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष तारानाथ लुइँटेल ,बागमती प्रदेश इन्चार्ज माधब खत्री जिल्ला अध्यक्ष श्याम प्रसाद नेपालले आन्दोलनको तयारी र जनपरिचालन बारे आ९आफ्नो धारणा राखेका थिए ।