२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन

‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन
अ अ+ अ-

बीआर चोपडाको ‘महाभारत’का ‘भीम’का रूपमा चर्चित अभिनेता प्रवीणकुमार सोबतीको निधन भएको छ । उनको आज बिहान निधन भएको हो । परिवारका एक सदस्यका अनुसार उनलाई राति १० बजेदेखि १०ः३० को बीचमा हृदयाघात भएको थियो । उनले असहज भएको गुनासो गरेपछि डाक्टरलाई घरमा बोलाइएको थियो  तर उनीलाई बचाउन सकिएन । 

प्रवीण कुमार केही महिनाअघि आर्थिक सङ्कटको खबरका कारण चर्चामा आएका थिए । तर यी खबरप्रति रिसाउँदै उनले एक अन्तरवार्तामा बकवास भनेका थिए । त्यतिबेला उनले आफूलाई पैसा नचाहिएको र सहयोगका लागि कसैलाई अनुरोध नगरेको बताएका थिए । 

तर अन्तरवार्तामा उनको पीडा प्रष्ट देखिन्थ्यो । उनले भनेका थिए, “कोरोनामा सम्बन्ध कति खोक्रो भयो भन्ने थाहा भयो।” अप्ठ्यारो समयमा सहयोग गर्न कोही नआएकामा उनको मनमा रोष देखिन्थ्यो। उनले लामो समयदेखि घरमा रहेको र स्वास्थ्य पनि नाजुक रहेको बताएका थिए । 

प्रवीणका अनुसार उनकी श्रीमती वीणाले उनको हेरचाह गरिरहेकी थिइन् । ९० को दशकमा ‘भीम’ भनेर सबैलाई थाहा भएकोमा प्रवीण दुःखी थिए तर अहिले उनलाई सबैले बिर्सिसकेका छन् । प्रवीण कुमारका एक छोरी, दुई भाइ र एक बहिनी छन्।

प्रवीण कुमारले पन्जाब सरकारलाई पेन्सनका लागि पनि अपील गरेका थिए। एसियाली खेलकुद वा सबै पदक जित्ने खेलाडीलाई पेन्सन दिइए पनि प्रवीणले नपाएको उनको गुनासो थियो। प्रवीण कुमारले त्यतिबेला सबैभन्दा बढी स्वर्ण पदक जितेका थिए र राष्ट्रमण्डल खेलहरूमा पनि भारतको प्रतिनिधित्व गर्ने एकमात्र भारतीय खेलाडी थिए। तर उनको सरकारले कुनै सुनुवाई गरेन र उनी पेन्सनको पर्खाइमा बसिरहे।

रिपोर्टअनुसार प्रवीण कुमारको अन्तिम दिन निकै कठिन थियो र यसको एउटा कारण पैसाको सङ्कट थियो । यसबाहेक उनी बिरामी पनि थिए, जुन उनले डिसेम्बर २०२१ मा दिएको अन्तरवार्तामा उल्लेख गरेका थिए ।