• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

‘केजीएफ’स्टार यशको अर्को फिल्म ड्रग्स सिन्डिकेटमा आधारित, रूसी माफियासँग भिड्ने



एजेन्सी । कन्नड फिल्मबाट, भारतीय फिल्म इन्डस्ट्रीले ‘केजीएफ’ फेम यशको रूपमा एक पान इन्डियन स्टार पाएको छ । यस फिल्मको दोस्रो भागको ठूलो सफलतापछि उनका फ्यानदेखि लिएर ट्रेड करिडोरसम्म यशको अर्को फिल्म के हुने हो भनी उत्सुकताका साथ पर्खिरहेका छन् ।

यशको अर्को प्रोजेक्ट गोवाको पृष्ठभूमिमा आधारित हुनेछ ।केजीएफजस्तै यो पनि एक पिरियड क्राइम ड्रामा हुनेछ । ६० को दशकमा गोवामा रुसी र ड्रग्स माफियाको घुसपैठ देखाइनेछ । यशको चरित्रले कसरी रुसको वर्चस्वलाई चुनौती दिन्छ भन्ने बारेमा कथा हुनेछ ।

यशको नजिकको स्रोतका अनुसार यो फिल्मका निर्देशक केजीएफका प्रशान्त नील हुनेछैनन् । बरु मलयालम फिल्मका निर्देशक फाइनल भएको छ । उनको नाम लता मेनन हो । उनी प्रसिद्ध फिल्म निर्माता र सिनेमेटोग्राफर राजीव मेननकी पत्नी हुन् ।

गोवाको ड्रग माफिया दक्षिणमा पनि कम अन्वेषण गरिएको छ । यससँगै त्यहाँको रुसी माफियाको राजनीतिक सम्बन्ध पनि कम पर्दाफास भएको छ । यस्तो अवस्थामा यशलाई त्यो कथानक विषयको रूपमा निकै मन पर्यो । उनले यसलाई सुरु गर्न गम्भीर रुपमा सोचिरहेका छन् ।

केजीएफ सिरिज जस्तै यो फिल्म पनि एक्शन थ्रिलर हुनेछ । श्रोतका अनुसार यस फिल्ममा यश आफैं पनि निर्माता हुन् । यो पनि १०० करोडभन्दा माथिको बजेटमा बन्नेछ ।