१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केजीएफ’स्टार यशको अर्को फिल्म ड्रग्स सिन्डिकेटमा आधारित, रूसी माफियासँग भिड्ने



अ+ अ-

एजेन्सी । कन्नड फिल्मबाट, भारतीय फिल्म इन्डस्ट्रीले ‘केजीएफ’ फेम यशको रूपमा एक पान इन्डियन स्टार पाएको छ । यस फिल्मको दोस्रो भागको ठूलो सफलतापछि उनका फ्यानदेखि लिएर ट्रेड करिडोरसम्म यशको अर्को फिल्म के हुने हो भनी उत्सुकताका साथ पर्खिरहेका छन् ।

यशको अर्को प्रोजेक्ट गोवाको पृष्ठभूमिमा आधारित हुनेछ ।केजीएफजस्तै यो पनि एक पिरियड क्राइम ड्रामा हुनेछ । ६० को दशकमा गोवामा रुसी र ड्रग्स माफियाको घुसपैठ देखाइनेछ । यशको चरित्रले कसरी रुसको वर्चस्वलाई चुनौती दिन्छ भन्ने बारेमा कथा हुनेछ ।

यशको नजिकको स्रोतका अनुसार यो फिल्मका निर्देशक केजीएफका प्रशान्त नील हुनेछैनन् । बरु मलयालम फिल्मका निर्देशक फाइनल भएको छ । उनको नाम लता मेनन हो । उनी प्रसिद्ध फिल्म निर्माता र सिनेमेटोग्राफर राजीव मेननकी पत्नी हुन् ।

गोवाको ड्रग माफिया दक्षिणमा पनि कम अन्वेषण गरिएको छ । यससँगै त्यहाँको रुसी माफियाको राजनीतिक सम्बन्ध पनि कम पर्दाफास भएको छ । यस्तो अवस्थामा यशलाई त्यो कथानक विषयको रूपमा निकै मन पर्यो । उनले यसलाई सुरु गर्न गम्भीर रुपमा सोचिरहेका छन् ।

केजीएफ सिरिज जस्तै यो फिल्म पनि एक्शन थ्रिलर हुनेछ । श्रोतका अनुसार यस फिल्ममा यश आफैं पनि निर्माता हुन् । यो पनि १०० करोडभन्दा माथिको बजेटमा बन्नेछ ।