२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा र भैरहवाबाट सिधा हवाई उडानका लागि आग्रह



अ+ अ-

बेइजिङ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले चिनियाँ नेताहरूलाई विश्व शान्ति स्थापनाको लागि दक्षिण एसियामा गरिबी निवारण कार्यक्रम र परियोजना सञ्चालन गर्न सुझाव दिनुभएको छ ।

विश्व र दक्षिण एसियामा स्थायी शान्ति स्थापनामा चीनको भूमिका नेतृत्वदायी हुने उल्लेख गर्नुहुँदै त्यसका लागि चीनले गरिबी निवारणका लागि काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।

बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विदेश विभागमा शुक्रबार आयोजित अन्तर्क्रिया कार्यक्रममा महासचिव पोखरेलले चीनको सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चिनियाँ निर्माण व्यवसायीहरूले बनाएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सिधा उडानका लागि आग्रह गर्नुभयो ।

उहाँले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले १० वटा औद्योगिक क्षेत्रहरू तोकेर देशलाई औद्योगीकरणमा लैजाने योजना बनाएको जानकारी दिनुहुँदै चिनियाँ उद्योगीहरूलाई नेपालमा लगानीका लागि आग्रह पनि गर्नुभयो ।

महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव राष्ट्रपति सी जिनपिङको नेतृत्वमा नयाँ युगका लागि चिनियाँ विशेषतासहित समाजवाद स्थापनाका लागि सफलतापूर्वक अघि बढेको देख्दा खुशी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो–महासचिव सीको नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद स्थापनामा चीन सफलतापूर्वक अघि बढेको देख्दा हामीलाई खुशी लागेको छ ।

उहाँले नेकपा (एमाले)ले पनि माक्र्सवादको नयाँ सिर्जनात्मक अभ्यास गरिरहेको जानकारी दिनुहुँदै चिनियाँ कम्युनिष्ट पार्टीले गरेको अभ्यास र एमालेले गरेको अभ्यासको आदानप्रदानमा जोड दिनुभयो । उहाँले भन्नुभयो– दुबै पार्टीले गरेको अनुभव र अभ्यासको आदानप्रदान जरूरी छ । त्यसले भबिष्यमा दुई पार्टीबीचको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ ।

महासचिव पोखरेलले नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्ति बनाउने लक्ष्यसहित मिसन ग्रासरुट अभियानपछि मिसन–२०८४ अभियान चलाइरहेको जानकारी दिनुभयो । उहाँले आगामी २०८४ सालमा नेकपा (एमाले)लाई बहुमतसहितको पार्टी निर्माणको योजनासहित काम गरिरहेको बताउनुभयो ।

एमाले सबैभन्दा संगठन भएको पार्टीः पिङ
कार्यक्रममा चिनियाँ कव्यवस्थित म्युनिष्ट पार्टी विदेश विभागका दक्षिण एसिया व्युरोका डाइरेक्टर जनरल पिङ सिउपिनले नेकपा (एमाले) सँग चिनियाँ कम्युनिष्ट पार्टीको गहिरो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै इमानदारीसाथ गहिरो सम्बन्ध जारी राख्ने बताउनुभयो ।

उहाँले महासचिव पोखरेलको उच्चस्तरीय भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको बताउनुभयो । उहाँले भन्नुभयो–महासचिवज्यूको भ्रमणलाई चिनियाँ कम्युनिष्ट पार्टीले उच्च महत्व दिएको छ । त्यसको अनुभूति तपाईहरूले गर्नुभयो भन्ने हाम्रो विश्वास छ ।

नेता पिङले सबैभन्दा व्यवस्थित संगठन भएको पार्टीको रूपमा एमालेलाई पाएको समेत बताउनुभयो । उहाँले दुई पार्टीबीचको अनुभव र विचार नियमित रूपमा आदानप्रदानमा जोड दिनुभयो ।

महासचिव पोखरेल नेतृत्वको उच्चस्तरी भ्रमण दल बिहीबार साँझ छोङछिङबाट बेइजिङ आइपुगेको हो । छोङछिङमा महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनलगायतका नेताहरूसँग भेट गर्नुभएको थियो ।

बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका उच्च नेताहरूलाई भेट्ने कार्यक्रम रहेको छ ।