१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कंगनालाई थप्पड हान्न चाहन्छिन् पाकिस्तानी अभिनेत्री नौशीन शाह



अ+ अ-

एजेन्सी । पाकिस्तानी अभिनेत्री नौशीन शाहले हालै बलिउड अभिनेत्री कंगना रनावतको बारेमा कुरा गरेकी छिन् । उनले कंगनालाई कट्टरपन्थी भनेका छन् ।

पाकिस्तानी अभिनेत्रीले आफूले अहिलेसम्म कुनै पनि भारतीय अभिनेतासँग भेट नभएको तर कंगनालाई एकपटक भेट्न र दुई पटक थप्पड हान्न चाहेको बताएकी छन् ।

अन्तर्वार्ताको भिडियोमा थप्पड भन्ने शब्दलाई म्युट गरिएको भएतापनि नौसिनको इशारा प्रष्टै बुझिएको छ ।

वास्तवमा, नौशीन हालै पाकिस्तानी युट्युब च्याट शो ‘हद कर दी विथ मोमिन साकिब’मा अतिथिको रूपमा देखा परिन् । यस क्रममा उनले भारतीय र पाकिस्तानी कलाकारले एकअर्कालाई सम्मान गर्नुपर्ने बताइन् ।

कंगनाले जहिले पनि सामाजिक सञ्जालमा विश्व र राष्ट्रिय राजनीतिमा आफ्नो राय दिने गर्छिन् । फिल्म फ्रन्टमा, उनी चाँडै नै अर्को हप्ता रिलिज हुने ‘चन्द्रमुखी २’ मा देखिनेछिन् । यसबाहेक अभिनेत्री चाँडै इमर्जेन्सी र तेजसमा पनि देखिनेछिन् ।