• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती… ★   ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी ★   संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम ★   अस्पतालबाट डिस्चार्ज भए शत्रुघ्न सिन्हा ★   हरेक निर्वाचन क्षेत्रका चार वटा योजनामा बजेट विनियोजन गर्नुपर्ने नीति बनाउनुपर्छ: सांसदहरु ★   एसइईमा सामुदायिकतर्फ भिमाद जलौदीको बाल शैक्षणिक मावि जिल्लामै प्रथम ★   विदेशमा रहेका नेपालीहरूको हितरक्षाका लागि विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ: प्रधानमन्त्री

कंगनालाई थप्पड हान्न चाहन्छिन् पाकिस्तानी अभिनेत्री नौशीन शाह



एजेन्सी । पाकिस्तानी अभिनेत्री नौशीन शाहले हालै बलिउड अभिनेत्री कंगना रनावतको बारेमा कुरा गरेकी छिन् । उनले कंगनालाई कट्टरपन्थी भनेका छन् ।

पाकिस्तानी अभिनेत्रीले आफूले अहिलेसम्म कुनै पनि भारतीय अभिनेतासँग भेट नभएको तर कंगनालाई एकपटक भेट्न र दुई पटक थप्पड हान्न चाहेको बताएकी छन् ।

अन्तर्वार्ताको भिडियोमा थप्पड भन्ने शब्दलाई म्युट गरिएको भएतापनि नौसिनको इशारा प्रष्टै बुझिएको छ ।

वास्तवमा, नौशीन हालै पाकिस्तानी युट्युब च्याट शो ‘हद कर दी विथ मोमिन साकिब’मा अतिथिको रूपमा देखा परिन् । यस क्रममा उनले भारतीय र पाकिस्तानी कलाकारले एकअर्कालाई सम्मान गर्नुपर्ने बताइन् ।

कंगनाले जहिले पनि सामाजिक सञ्जालमा विश्व र राष्ट्रिय राजनीतिमा आफ्नो राय दिने गर्छिन् । फिल्म फ्रन्टमा, उनी चाँडै नै अर्को हप्ता रिलिज हुने ‘चन्द्रमुखी २’ मा देखिनेछिन् । यसबाहेक अभिनेत्री चाँडै इमर्जेन्सी र तेजसमा पनि देखिनेछिन् ।