• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रभु बैकको मोबाइल बैंकिङ चलाउन इन्टरनेट डाटा शुल्क नलाग्ने



काठमाडौं । प्रभु बैंक लिमिटेडले प्रभु मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाईल डाटा खर्च नहुने तथा डाटा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

बैंकले नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरुलाई मोबाईल डाटाको शुल्क नलाग्ने गरी प्रभु मोबाइल बैंकिङ चलाउन मिल्ने व्यवस्था गरेको छ ।

बैकले आधिकारीक पेजमा यसबारे जानकारी दिँदै लेखेको छ, ‘डाटा छैन ?, नो प्रोब्लम’ प्रभु मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाईल डाटा खर्च नहुने तथा डाटा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरुले मोबाईल डाटाको शुल्क नलाग्ने तथा डाटा खर्च नहुने गरी प्रभु मोबाइल बैंकिङ चलाउन सक्नुहुनेछ । प्रभु बैंक !!’