२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुखको ‘जवान’ले राख्यो पहिलो दिनमै अनौठो रेकर्ड



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘जवान’ बिहीबारदेखि विश्वव्यापी रिलिज भएको छ । फिल्मले समीक्षकहरुबाट राम्रो प्रतिक्रियाहरु पाइरहेको छ ।

यसैबीच, फिल्मले ओपनिङ डेमा ६५ करोड ५० लाखको कमाई गर्दै रेकर्ड राख्न सफल भएको छ । बलिउड ट्रेड एनालिस्ट तथा फिल्म समीक्षक तराण आदर्शका अनुसार फिल्मले भारतमा मात्रै ६५.५० करोडको ओपनिङ गरेको हो ।

यसअघि शाहरुखकै ‘पठान’ले ५५ करोडको ओपनिङ गरेको थियो । त्यसैगरी ‘केजीएफ २’ (हिन्दी)ले ५३.९५, ‘वार’ले ५१.६० र ‘ठग्स अफ हिन्दुस्तान’ले ५०.७५ करोडको ओपनिङ गरेको थियो ।