२४ भाद्र २०८३, बुधबार
,
Latest
विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्मारविरुद्ध नेपालको सुरुवाती–११ सार्वजनिक, जिलेस्पीको डेब्यु



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत म्यान्मारविरुद्ध खेल्ने नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ । नेपाल र म्यानमारबीचको खेल दिउँसो ४ः१५ बजे याङ्गोनस्थित थुवुन्ना स्टेडियममा हुँदैछ ।

यसैबीच, त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड जिलेस्पी जंग कार्कीले राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गर्ने भएका छन् । मैत्रीपूर्ण खेलको पहिलो रोजाईमा परेका कार्कीको डेब्यू गर्ने निश्चित भएको हो ।

नेपालले म्यानमारसँग २ खेल खेल खेल्दा दुबै खेलमा हार बेहोरेको छ । फिफा वरीयतामा म्यानमार हाल १६० औँ र नेपाल १७५ औँ स्थानमा छन् ।

नेपाल र म्यानमारबीचको दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।

नेपालको सुरुवाती–११ः
किरण कुमार लिम्बु, सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, लाकेन लिम्बु, आवास लामिछाने, जिलेस्पी जंग कार्की, आशिष चौधरी, अञ्जन विष्ट, आयुष घलान र मनिष डाँगी