• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

म्यान्मारविरुद्ध नेपालको सुरुवाती–११ सार्वजनिक, जिलेस्पीको डेब्यु



काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अन्तर्गत म्यान्मारविरुद्ध खेल्ने नेपालको सुरुवाती–११ सार्वजनिक भएको छ । नेपाल र म्यानमारबीचको खेल दिउँसो ४ः१५ बजे याङ्गोनस्थित थुवुन्ना स्टेडियममा हुँदैछ ।

यसैबीच, त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड जिलेस्पी जंग कार्कीले राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गर्ने भएका छन् । मैत्रीपूर्ण खेलको पहिलो रोजाईमा परेका कार्कीको डेब्यू गर्ने निश्चित भएको हो ।

नेपालले म्यानमारसँग २ खेल खेल खेल्दा दुबै खेलमा हार बेहोरेको छ । फिफा वरीयतामा म्यानमार हाल १६० औँ र नेपाल १७५ औँ स्थानमा छन् ।

नेपाल र म्यानमारबीचको दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।

नेपालको सुरुवाती–११ः
किरण कुमार लिम्बु, सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, लाकेन लिम्बु, आवास लामिछाने, जिलेस्पी जंग कार्की, आशिष चौधरी, अञ्जन विष्ट, आयुष घलान र मनिष डाँगी