२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपालमा ओटिटीमा दर्शक छन्’: अभिनेता लामिछाने



अ+ अ-

काठमाडौँ । अभिनेता खगेन्द्र लामिछानेले कोरोना महामारीका कारण बन्दाबन्दी भएको समयमा नेपालमा ओटिटी (ओभर द टप) प्रतिको आकर्षण बढेको बताएका छन् । ओटिटीमा चलचित्रका साथै नयाँ शृङ्खला प्रदर्शन हुन थालेपछि नेपालमा पनि यसका प्रयोगकर्ता उल्लेख्यरूपमा बढेका उनले बताए ।

“कोरोनाका समयमा विश्वबजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्नेप्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ले नेपाली दर्शकलाई राम्रोसँग आकर्षित गर्न सफल भए पनि विदेशी एपमा दर्शक झुम्दा सोही प्रकृतिका नेपाली एप आइफ्लिक्स, भिडियो पसल, सिनेमा घरलगायतले दर्शक पाएनन्”, लामिछानेले भने । नेपालमा त्यस्ता एपमा पैसा तिरेर प्रयोग गर्नेको सङ्ख्या भारतको तुलनामा दोब्बर रहेको उनको भनाइ थियो ।

नेपालमा सन् २०१६ देखि सुरु भएको ‘सिनेमा घर’ लाई छिट्टै प्रतिफल पाउनेभन्दा पनि दीर्घकालीन सोचका साथ सुरु गरिएको लामिछानेले बताए । “भारतमा शुल्क तिरेर एपको प्रयोग गर्ने चार प्रतिशत छन् भने हामीकहाँ आठ प्रतिशत छन् । हामीले आउँदो समयलाई सोचेर यसको सुरुआत गरेका हौँ”, उनले भने, “सुरुआत गर्दा हामीले सब्सक्रिप्सनको सुविधा हटाएर निःशुल्क हेर्न मिल्ने बनाएका थियौँ । त्यो समयमा इन्टरनेटको पैसा माग्ने पनि हुनुहुन्थ्यो । अहिले युट्युबमा निःशुल्क चलचित्र हेर्ने दर्शकलाई ओटिटीमा केही हदसम्म ल्याउन सफल भएका छौँ ।”

अहिले विश्वले नेपाली चलचित्रलाई हेर्न चाहेको बताउँदै त्यसका लागि पनि ओटिटी आवश्यक रहेकामा अभिनेता लामिछानेले जोड दिए । “अहिले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा हाम्रा चलचित्र छानिएका छन्, प्रदर्शन हुँदैछन् । हाम्रो कलाकार केही अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी हुँदैछन्”, उनले भने, “हाम्रा कथा विश्वले हेर्न चाहेको यो स्पष्ट सङ्केत हो । ओटिटीले त्यस्ता चलचित्रलाई विश्वभरका दर्शकसम्म पुर्‍याउँछ ।”

नाट्यकर्मीबाट अभिनेता बनेका अभिनेता लामिछाने अभिनित ‘बधशाला’, ‘टलक जङ्ग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ‘पानीफोटो’ लगायतका चलचित्र दर्शकमाझ परिचित छन् ।