• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कार्कीले दिए भूमी आयोगको विज्ञ सदस्यबाट राजिनामा



तनहुँ । नेकपा एमालेका नेता श्रीराम कार्कीले राष्ट्रिय भूमी आयोग तनहुँको विज्ञ सदस्य पदबाट राजिनामा दिएका छन् । कार्कीले विहिबार पत्रकार सम्मेलन गरि सो पदबाट राजिनामा दिएको घोषणा गरे ।

कार्कीले प्रेस विज्ञप्ति मार्फत आफ्नो राजिनामा पत्र भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रीलाई सम्बोधन गरि सार्वजानिक गरेका हुन् ।

कार्की २०७८ चैत ४ गते भुमी आयोगको विज्ञ सदस्यमा मन्त्रीपरिषदको निर्णयबाट नियुक्ती भएका थिए । कार्की नेकपा एकिकृत समाजवादीको जिल्ला सचिव हुँदा सो पदमा नियुक्त भएका थिए । कार्की नेकपा एकिकृत समाजवादी परित्याग गरि गत साउन ५ गते नेकपा एमालेमा प्रवेश गरेका थिए ।

पार्टी परित्याग गरेपछि कार्कीलाई सो विज्ञ सदस्यबाट राजिनामा दिन नेकपा एसका नेताहरुले मौखिक तथा लिखित दवाव दिएका थिए ।