१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

मन्त्रीपरिषद्को निर्णय: निर्बाचनको मिति तय देखी सहसचिव पदमा बढुवा, नियुक्ती र पदस्थापन

मन्त्रीपरिषद्को निर्णय: निर्बाचनको मिति तय देखी सहसचिव पदमा बढुवा, नियुक्ती र पदस्थापन
file
अ अ+ अ-

काठमाडौं । सरकारले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको बताउनु भएको हो । त्यस्तै सरकारले धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य गरेको छ ।

सञ्चार मन्त्री कार्कीका अनुसार निर्वाचन आयोगबाट प्राप्त परामर्श बमोजिम स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा (१) बमोजिम वि.स २०७९ साल बैशाख ३० गते शुक्रबारको दिन ७५३ वटा स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले बर्ड फ्लू नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्डफ्लू रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदुतहरुको अवधि थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै, डिजिटल प्रणालीमार्फत् नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धि सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।  पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना कार्यान्वयनले गोरखाको कार्यक्षेत्र भित्र पर्ने नुवाकोट जिल्लाको सडक सिमा भित्र परेका तीन वटा घरटहराको राहत स्वरुप क्षेतिपूर्ति उपलब्ध गराउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताउनु भयो । उहाँले सरकारले बालअधिकार सम्बन्धि अन्तरराष्ट्रिय महासन्धि १९८९ को छैटौं आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र संघमा पेश गर्ने अनुमति प्रदान गर्ने निर्णय गरेको बताउनु भयो । त्यस्तै सरकारले फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ । प्रवक्ता कार्कीले लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित द्धितिय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा, समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा, नियुक्ती तथा पदस्थापन गर्ने निर्णय समेत गरेको बताउनु भयो ।

सञ्चारमन्त्री कार्कीले भन्नुभयो,‘धितोपत्र दर्ता तथा निष्काशन पाँचौ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निणर्य गरेको छ ।  बर्ड फ्लु नियन्त्रण गर्न मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १८ मा हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी बर्डफ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने । निर्वाचन आयोगबाट प्राप्त परामर्श बमोजिम स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा १ बमोजिम वि.स २०७९ साल बैशाख ३० गते शुक्रबारको दिन ७५३ वटा स्थानीय तहमा एकै चरणमा निर्वाचन गर्ने  । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदुतहरुको अवधि थप गर्ने निणर्य गरेको छ ।

त्यस्तै, डिजिटल प्रणाली मार्फत नाप नक्सा तथा जग्गा प्रशासन सम्बन्धि सेवा प्रवाह निर्देशिका २०७८ स्वीकृत गर्ने,  पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना कार्यान्वयनले गोर्खाको कार्यक्षेत्र भित्र पर्ने नुवाकोट जिल्लाको सडक सिमा भित्र परेका तीन वटा घर टहराको राहत स्वरुप क्षेतिपूर्ति उपलब्ध राउन स्वीकृत प्रदान गर्ने निणर्य गरेको छ । बालअधिकार सम्बन्धि अन्तरराष्ट्रिय महासन्धि १९८९ को छैटौं आवधिक प्रतिवेदन स्वीकृत गरी संयुक्त राष्ट्र संघमा पेश गर्ने अनुमति प्रदान गर्ने । २०७८ फागुन ४ र ५ गते नर्वेमा भर्चुअल माध्यमबाट हुने दोस्रो ग्वोवल डिसावलिटी समिटमा भाग लिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मी नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृत गर्ने निणर्य गरेको छ ।  फेवातालको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने ।

राष्ट्रिय प्रसारण(एघारौं संशोधन) नियमावली,२०७८ स्वीकृत गर्ने। नसर्ने रोगहरुकोे रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने ।  लोक सोवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम विभिन्न सेवा,समूहका राजपत्राङ्कित द्धितिय श्रेणीका अधिकृतहरुलाई सम्बन्धित सेवा,समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा नियुक्त तथा पदस्थापन गर्ने निणर्य सरकारले गरेको छ ।’

सरकारका प्रवक्ता कार्कीले सरकारले नसर्ने रोगहरुकोे रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको बताउनु भयो ।