२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृष्ण जन्माष्टमीमा ‘मड्का फुटाउने’ प्रतियोगिता



अ+ अ-

काठमाडौँ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौँको सामाखुशीमा ‘मड्का फुटाउने’प्रतियोगिता आयोजना गरिएको छ । सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा आज काठमाडौँ महानगरपालिका–२६ कपुरधारास्थित चिल्ड्रेन पार्कमा प्रतियोगिता आयोजना गरिएको हो ।

विसं २०५६ देखि हरेक वर्ष मनाउँदै आइएको उक्त प्रतियोगितामा निलो रिबन लगाउने टोली प्रथम भएको क्लबका अध्यक्ष दीपेन्द्र केसीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा रातो र निलो रिबन लगाउने दुई समूहको सहभागिता थियो ।

“पार्क नजिकै सडकको माथि डोरीमा माटोको मड्कामा दही राखेर झुण्ड्याइने र प्रतियोगीले उक्त मड्का फुटाउने चलन रहँदै आएको छ”, केसीले भन्नुभयो । उहाँका अनुसार मड्का निकै माथि डोरोमा झुण्ड्याइने भएकाले मानिसमाथि मानिस चढेर फुटाउने गरिन्छ ।

यसवर्ष ११ पटकको प्रयासपछि उक्त मड्का फुटाइएको हो । प्रतियोगिताका विजेता टोलीले रू २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उक्त रकम क्लबका अध्यक्ष केसीले प्रथम विजेता टोलीलाई हस्तान्तरण गर्नुभयो ।

आजै साना बालबालिकाका लागि घैंँटो फुटाइ कार्यक्रमसमेत चिल्ड्रेन पार्कमै आयोजना गरिएको थियो । घैँटो फुटाइ कार्यक्रममा विजेता बालबालिकालाई जनही रू एक हजार प्रदान गरिएको आयोजकले जनाएको छ ।रासस