१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरबाट ६ सय भन्दा बढी आँखाको सफल सर्जरी



अ+ अ-

ललीतपुर । नेशनल आई एण्ड कस्मेटिक सर्जरी सेन्टरले आठ वर्षको अवधिमा ६ सय भन्दा बढीको सफल कस्मेटिक सर्जरी गरेको छ ।

सेन्टरको आठौं बार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रममा सेन्टरबाट ६ सय भन्दा बढीले आँखाको सफल कस्मेटिक सर्जरी सेवा प्राप्त गरेका जनाईएको हो ।

नायिका गौरी मल्लको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहमा चिकित्सकलगायत दर्जनौंको उपस्थिति रहेको थियो ।

ललितपुरको पुल्चोकस्थित सेन्टरबाट आँखाको प्लास्टिक सर्जरीलगायत आँखासम्बन्धि सम्पुर्ण उपचार हुने अकुलोप्लाष्टि सर्जन डा। पुजा राजभण्डारी बताईन् । राजभण्डारीका अनुसार आँखाको प्लास्टिक सर्जरी जस्तै, उमेरका कारण आँखाको डिल बाहिर वा भित्र फर्केको उपचार, आँखाको ढकनी तल झरेको उपचार, आँखाको मुन्द्री बनाउने, मंगोलियन आइलिड सर्जरी, आँखाको बोसो हटाउने, चाउरीपना हटाउने ‘बोटक्स’, रोगका कारण आँखाबाट आँशु वा पिप बगिरहने, आँखा वरीपरि बोसो, मुसा, मासुको डल्लो र ट्यूमर हटाउने सेवाले निरन्तरता पाइरहेको छ ।

त्यसबाहेक आँखाको सम्पुर्ण चेकअप, दृष्टि दोष, मधुमेह, थाइराइड, बाथरोग र शरीरका अन्य भागमा लागेको रोगका कारण आँखामा हुने गरेका अन्य समस्याको समेत जाँच तथा उपचार हुने उनको भनाई छ ।

सेन्टरले वार्षिक उत्सवको अवसरमा पाँच दिनका लागि ‘आइ अन स्क्रिन’ अभियान सुरु गरेको छ । यस अभियानअन्तर्गत सेवाग्राहिले नि:शुल्क परामर्श तथा कस्मेटिक सर्जरी तथा आँखा रोगको सम्पूर्ण परामर्श लिन सकिने सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी गराए ।