१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

सामाजिक घटनालाई गीत बनाइदिने डिएसपि लामा

सामाजिक घटनालाई गीत बनाइदिने डिएसपि लामा
अ अ+ अ-

काठमाण्डौ । स्वेदशमा रोजगारीको अवस्था नभएपछि गरीवि र वाध्यताले लाखौं युवाहरु आफ्नो घर परिवार थाँतथलो छोडेर विदेशका भूमिमा रगत पसिना बगाउन विवश छन् ।

भर्खर विहे गरेकी श्रीमती होस या ससाना केटाकेटी, वृद्ध बाआमालाई चटक्कै छोडेर विदेशि भूमिमा युवा अवस्थाको श्रम खर्चिनु पक्कै पनि उनीहरुको रहर होइन् वाध्यता हो ।
घर परिवार त्यागेर रगत पसिना एक गरी ती युवाले कमाएर पठाएको पैसा सदुपयोग भएको छ त ? धेरैमा अहिले यो प्रश्न खट्किने गरेको छ ।

लाउँलाँउ र खाउँखाउँको उमेरमा जवान श्रीमती र साना केटाकेटी छोडेर विदेशिएका श्रीमानमध्ये केहीको श्रम, पसिनाको कमाई मात्रै गुमेको छैन, श्रीसम्पत्ति सबै बोकेर श्रीमती अन्तै भागिरहेका घटना अहिले समाजको लागि नौलो लाग्न छोडिसकेको छ ।

यस्ता घटनाको उजुरी दैनिकजसो ७७ जिल्लाकै प्रहरी कार्यालयमा आउने गरेको प्रहरीको तथ्यांक छ । एकवर्षअघि एकदिन प्रहरी वृत्त नयाँबानेश्वरका कार्यालय प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) मिम बहादुर लामाकहाँ यस्तै प्रकृतिको एउटा घटना आयो ।

दशौं वर्ष विदेशमा रगत पसिना एक गरि कमाएर पठाएको रकम लिएर एउटी छोरीकी आमा समेत रहेकी आफ्नी श्रीमती वेपत्ता भएपछि त्यसको उजुरी दिन पीडित व्यक्ति डिएसपि लामाकहाँ पुगेका थिए । उनको कुरा सुनेपछि लामाले पीडितलाई कानूनी उपचारको लागि अदालतमा पठाए । आफ्नो सामु यस्तो दर्दनाक पीडा र आँसु मिसिएको गुनासो सुनेपछि कवि हृदयको डिएसपि लामाको मन विचलित भयो ।

समाजमा ‘प्रहरीहरु अन्य मानिसभन्दा कडा मिजास र माया दया नहुने मान्छे हुन्’ भन्ने आम सर्वसाधारणको ठम्याईलाई गलत सावित गर्दै उनले त्यो प्रतिनिधिमुलक घटनालाई गीतमार्फत समाजमा सन्देश फैलाउन उचित ठाने ।

पीडित पुरुषको भनाई संझिँदै लामाले त्यसलाई मन छुने गीत बनाईदिए । वैदेशिक रोजगारीमा जाने युवाहरुको मनलाई नै चिसो बनाउने प्रतिनिधिमुलक यो गीत अहिले धेरैले सुन्न थालेका छन् भने विगतमा यस्ता घटना घटिसकेका पीडितहरुले आफ्नो घटना स्मरण गरिरहेका छन् ।

‘नाता तोड्यौ, साथ छोड्यौ
जिन्दगीको गोरेटोमा बाटो तिमीले अन्तै मोड्यौ’
छियाछिया भयो मुटु प्रहार हुँदा शब्द वाँण
चोखो माया लाउँछु भन्थ्यौ, किन गर्यौ अपमान….

सुरेश अधिकारीले संगीत दिएपछि यो गीतलाई प्रमोद खरेलले स्वर दिए । अनि गीत तयार भएपछि यो गीत म्युजिक भिडियो पनि बन्योे । अहिले यो गीत युट्युबमा हेर्न र सुन्न पाइन्छ ।
जस्तो घटनालाई पनि गीत बनाउन सक्ने खुवी भएका डिएसपि लामाले यस्तै अर्की पीडित महिलाको घटनालाई प्रतिनिधित्व गर्दै अर्काे पीडादायी गीत लेखे ।

न आँसुलाई छेक्न सकें, न त कुनै सपना देख्न सकें
उजाड उजाड भयो जिन्दगी, न खुसीको कहानी लेख्न सकें……

साविक काभ्रेपलाञ्चोक जिल्लाको दोलालघाट गाविस ७, हाल भुम्लु गाउँपालिका १० मा जन्मेका गीतकार डिएसपि लामा राम्रो गीतकार मात्रै नभई अव्वल प्रहरी अधिकृत पनि हुन् । प्रहरीको काम कर्तव्यलाई सर्वाेपरी ठान्ने उनी आफ्नो समूहको एक नम्बरमा वढुवा भएका डिएसपि हुन् ।

डिएसपि लामाका आधुनिक मात्रै नभई राष्ट्रभक्ति समेटिएको गीत पनि छ । सञ्जय तिम्रोक लिम्बुको स्वर र भोलाराज खनालको संगित रहेको

शान हो हाम्रो देशको शीर सगरमाथा

हिमनदी र छहराले गाउँछ वीर गाथा……जिल्ला प्रहरी कार्यालय संखुवासभाको प्रमुख हुँदा लामाले यो राष्ट्रभक्तिपुर्ण गीत लेखेका थिए ।
सबै धर्मलाई उत्तिकै आदर र सम्मान गर्ने उनी बौद्ध धर्मावलम्वी हुन् । त्यो कुरा उनले ‘बुद्धको शरण’ बौद्ध भजन मार्फत प्रष्टाईसकेका छन् । सञ्जय तिम्रोककै स्वरमा रहेको भजन
जाँऊ सबैले बुद्धको शरण, हुन्छ सबै दु:खको हरण

बुद्धको महिमा जगतै भरि छ, बुद्धभूमि यो स्वर्गै सरी छ ….।.
अनि लागुऔषध नियन्त्रण तथा रोकथामको लागि लामाले लेखेको सन्देशमुलक अर्काे गीत
त्यागौं दुव्र्यसन, त्यागौं लागुऔषध गरौं सत्यकर्म,
अपराध हो यस्तो व्यापार, नगरौं अधर्म,
नबिराऔं बाटो जीवनमा………..।

यतीमात्र होइन उनले महिला प्रहरी कर्मचारी संघको कार्यक्रमलाई समेटेर महिला प्रहरी गीत पनि लेखेका छन् । उनका अधिकांश गीतमा नेपाल प्रहरीको संगीत शाखाको सहयोग महत्वपूर्ण रहेको छ ।

साथै डिएसपि लामाको प्रेमगीत पनि छ ।
तिमी छौै र म छु, नभए मेरो के अर्थ
चोखो लाग्छ सँधै म्रिो मायालु स्पर्श….

संयुक्त राष्ट्रसंघको शान्ति मिशनको सिलसिलामा अफ्रिकि मुलुक सुडान, युगाण्डा, केन्याको साथै अन्य मुलुकहरु इटाली, स्विटजरल्याण्ड, इजिप्ट, अष्ट्रिया, जर्मनी लागयतका देश घुमिसकेका डिएसपि लामाको पछिल्लो गीत

व्यस्त व्यस्त यो शहरमा तनावै तनाव छ कामको,

जति नै मरिमेटे पनि कमी छ सँधै दामको….. यो गीतले २४ सै घण्टा खटिनुपर्ने कामको तनाव र जति नै खटिएपनि आउने सीमित आयस्रोत र बढ्दो महंगीले गर्दा पैसाले पुर्याउन कठिन भएको तथ्य औंल्याउन खोजेका छन् । केही गीत रेकर्ड हुने क्रममा रहेको उनले बताए ।

नेपाल प्रहरीका तत्कालिन अधिकृतहरु डिआइजि पार्वती थापा मगर, एसएसपि नारायण कुमार आचार्य, एसपि राजुबाबु श्रेष्ठ र वर्तमान प्रहरी अधिकृतहरु टेक तामाङ्ग र डिएसपि उमेश लम्सालसंगै डिएसपि लामा राम्रो गीतकारको रुपमा आफ्नो नाम स्थापित गर्दैछन् ।