२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईसँगको खेल रद्द हुँदा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएको छ ।

वर्षाको कारण टस समेत खेल रद्द भई दुबै टोलीले एक एक अंक बाँडेका छन् । यससँगै समूह ए बाट युएई विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

समूह ए मा नेपाल र युएई को ५ खेलमा समान ९ अंक भएपनि नेटरनरेटको आधारमा युएई शीर्ष स्थानमा रह्यो भने नेपाल दोस्रो स्थानमा हुन पुग्यो ।

नेपालले अब शुक्रबार समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके २०२४ मा हुने ग्लोबल टि–२० विश्वकप छनोट खेल्न पाउनेछ ।

उता समूह बी मा रहेको हङकङ र थाईल्यान्ड आज भिड्दैछन् । हङकङ ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने थाईल्याान्ड ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ ।

समूह चरणमा नेपालले मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले हराएको थियो ।