• १३ असार २०८१, बिहीबार
  •      Thu Jun 27 2024
  •   Unicode
Logo
Latest
★   इंग्ल्याण्डलाई ६८ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा ★   झापामा खोलाले बगाउँदा दुई बेपत्ता ★   नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड ★   घरजग्गा कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य ★   चिनियाँसँग बिहे गराईदिने भन्दै चीन लगेर बन्धक, एक पक्राउ ★   प्रमिश ! मैले जीवनको परिभाषा जानिन ★   बालुवाटारमा प्रमुख तीन दलको बैठक जारी ★   नेपाल मेरा लागि दोस्रो घर हो: भारतीय अभिनेत्री जयप्रभा ★   सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय ★   लामखुट्टेलाई भगाउन घर वरिपरि रोप्नुहोस् यी बोटबिरुवा

युएईसँगको खेल रद्द हुँदा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा



काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र युएईबीचको खेल वर्षाको कारण रद्द भएको छ ।

वर्षाको कारण टस समेत खेल रद्द भई दुबै टोलीले एक एक अंक बाँडेका छन् । यससँगै समूह ए बाट युएई विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

समूह ए मा नेपाल र युएई को ५ खेलमा समान ९ अंक भएपनि नेटरनरेटको आधारमा युएई शीर्ष स्थानमा रह्यो भने नेपाल दोस्रो स्थानमा हुन पुग्यो ।

नेपालले अब शुक्रबार समूह बी को विजेतासँग सेमिफाइनल खेल्नेछ । नेपाल फाइनलमा पुग्न सके २०२४ मा हुने ग्लोबल टि–२० विश्वकप छनोट खेल्न पाउनेछ ।

उता समूह बी मा रहेको हङकङ र थाईल्यान्ड आज भिड्दैछन् । हङकङ ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने थाईल्याान्ड ३ खेलमा ५ अंकका साथ दोस्रो स्थानमा छ । उक्त खेलको विजेतासँग नेपालले सेमिफाइनलमा खेल्नेछ ।

समूह चरणमा नेपालले मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट, भुटानलाई ३ विकेट र कतारलाई ९ विकेटले हराएको थियो ।