७ आश्विन २०८१, सोमबार
,
Latest
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान मुगुको मुहार काठमाडौंमा -फोटो फिचर सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णलीला प्रर्दशन



अ+ अ-

काठमाडौं । भगवान श्रीकृष्णको जन्माष्टमीको अवसरमा तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा विविध कार्यक्रमको आयोजना गरि भगवान श्रीकृष्णको जन्मदेखि उनले गरेका लीलाका बारेमा विद्यार्थीले प्रदर्शन गरे ।

भगवान विष्णुको आठौं अवतारको रुपमा द्वापर युगमा जन्मेका श्रीकृष्ण जन्माष्टमीलाई सनातन हिन्दु धर्मावलम्वीहरुले भव्य तरीकाले मनाउँदै आएका छन् ।

सो विद्यालयले कृष्णलीला प्रस्तुत गरेको यो तेस्रो पटक हो । ४ देखि १० कक्षासम्मका विद्यार्थीहरुलाई सहभागी गराई भगवान कृष्णको विभिन्न रुप, जन्मेदेखि उनले गरेका सबै कृयाकलापको साथै मट्का फोर्ने कार्यसमेत तिनै विद्यार्थीमार्फत कलात्मक नाटकमार्फत प्रस्तुत गरिएको थियो ।

कंशको कारागारमा रहेका बेलामा जन्मेका बासुदेव र देवकीका आठौं सन्तान भगवान श्रीकृष्णको जन्मदेखि, यमुना नदी पार, श्रीकृष्णको नामाकरण, उनको वालापन, मख्खन चोरी, कालिया नागको वध, गोर्वद्धन पर्वत उठाएर किसान र गौमाताहरुको संरक्षण, गुरुकुल शिक्षा हासिल, कृष्ण सुदामासंगको मित्रता, द्रौपदी चीरहरणमा द्रौपदीको इज्जत बचाउनेदेखि महाभारतको लडाँईताका आफ्नो विराट रुप देखाउँदै अर्जुनलाई गीताको उपदेश दिएसम्मका कथालाई समेटेर विद्यार्थीहरुले श्रीकृष्णको लीला देखाएका थिए ।

कृष्णलीलाको डिभि ग्रुपकी अध्यक्ष विश्वनाथ शाहकी धर्मपत्नि देवकी शाहले उद्घाटन गर्दै कृष्ण झुला झुलाएकी थिइन ।

पछिल्लो समयमा साना केटाकेटी र विद्यार्थीहरु मोवाइल र टेलिभिजनमा कार्टुनमा मात्रै झुम्मिन थालेकोले भगवानका कथाहरु पढ्न छोडिसकेको अवस्थामा विद्यार्थीलाई नै सहभागी गराई कृष्ण लीलामार्फत भगवान श्रीकृष्णको सच्चरित्र सिलसिलेवार रुपमा प्रदर्शन गरिएको विद्यालयकी निर्देशक ममता शाहले बताइन ।

जीवनमा धेरै किसीमका उतार चढाव आएतापनि आफ्नो लक्ष्य विर्सन नहुने भगवान श्रीकृष्णले सिकाएको उल्लेख गर्दै विद्यालयकी निर्देशक शाहले विद्यार्थीहरुलाई आम नेपालीहरुले मनाउँदै आएकोे सनातन धर्म, संस्कृति र परम्परालाई आत्मसात् गर्न विद्यार्थीलाई सिकाउने उद्धेश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।

प्रदर्शनी सो विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकका साथै अन्य विद्यालयका प्रिन्सिपल र शिक्षकहरुले समेत अवलोकन गरेका थिए ।