१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णलीला प्रर्दशन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा कृष्णलीला प्रर्दशन
अ अ+ अ-

काठमाडौं । भगवान श्रीकृष्णको जन्माष्टमीको अवसरमा तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलमा विविध कार्यक्रमको आयोजना गरि भगवान श्रीकृष्णको जन्मदेखि उनले गरेका लीलाका बारेमा विद्यार्थीले प्रदर्शन गरे ।

भगवान विष्णुको आठौं अवतारको रुपमा द्वापर युगमा जन्मेका श्रीकृष्ण जन्माष्टमीलाई सनातन हिन्दु धर्मावलम्वीहरुले भव्य तरीकाले मनाउँदै आएका छन् ।

सो विद्यालयले कृष्णलीला प्रस्तुत गरेको यो तेस्रो पटक हो । ४ देखि १० कक्षासम्मका विद्यार्थीहरुलाई सहभागी गराई भगवान कृष्णको विभिन्न रुप, जन्मेदेखि उनले गरेका सबै कृयाकलापको साथै मट्का फोर्ने कार्यसमेत तिनै विद्यार्थीमार्फत कलात्मक नाटकमार्फत प्रस्तुत गरिएको थियो ।

कंशको कारागारमा रहेका बेलामा जन्मेका बासुदेव र देवकीका आठौं सन्तान भगवान श्रीकृष्णको जन्मदेखि, यमुना नदी पार, श्रीकृष्णको नामाकरण, उनको वालापन, मख्खन चोरी, कालिया नागको वध, गोर्वद्धन पर्वत उठाएर किसान र गौमाताहरुको संरक्षण, गुरुकुल शिक्षा हासिल, कृष्ण सुदामासंगको मित्रता, द्रौपदी चीरहरणमा द्रौपदीको इज्जत बचाउनेदेखि महाभारतको लडाँईताका आफ्नो विराट रुप देखाउँदै अर्जुनलाई गीताको उपदेश दिएसम्मका कथालाई समेटेर विद्यार्थीहरुले श्रीकृष्णको लीला देखाएका थिए ।

कृष्णलीलाको डिभि ग्रुपकी अध्यक्ष विश्वनाथ शाहकी धर्मपत्नि देवकी शाहले उद्घाटन गर्दै कृष्ण झुला झुलाएकी थिइन ।

पछिल्लो समयमा साना केटाकेटी र विद्यार्थीहरु मोवाइल र टेलिभिजनमा कार्टुनमा मात्रै झुम्मिन थालेकोले भगवानका कथाहरु पढ्न छोडिसकेको अवस्थामा विद्यार्थीलाई नै सहभागी गराई कृष्ण लीलामार्फत भगवान श्रीकृष्णको सच्चरित्र सिलसिलेवार रुपमा प्रदर्शन गरिएको विद्यालयकी निर्देशक ममता शाहले बताइन ।

जीवनमा धेरै किसीमका उतार चढाव आएतापनि आफ्नो लक्ष्य विर्सन नहुने भगवान श्रीकृष्णले सिकाएको उल्लेख गर्दै विद्यालयकी निर्देशक शाहले विद्यार्थीहरुलाई आम नेपालीहरुले मनाउँदै आएकोे सनातन धर्म, संस्कृति र परम्परालाई आत्मसात् गर्न विद्यार्थीलाई सिकाउने उद्धेश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।

प्रदर्शनी सो विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकका साथै अन्य विद्यालयका प्रिन्सिपल र शिक्षकहरुले समेत अवलोकन गरेका थिए ।