७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा कडेँल बिजयी



अ+ अ-

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी हुनु भएको छ । निर्वाचन समितिका अनुसार अध्यक्षका अर्का प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी हुनु भएको हो । कँडेलले ४७९ मत प्राप्त गर्दा रिजाल भने ४७७ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ ४५५ मतसहित विजयी हुनुभयो भने रुपन्देहीकै विश्वराज बराल ३०६ मत पाएर पराजित हुनु भयो ।

खुल्ला उपसचिवमा रोल्पाका पूर्णबहादुर बुढामगर ,महिला उपसचिवमा लिला राना बिजयी हुनभयो । सचिवमा यस अघि नै लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भै सक्नु भएको थियो ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनु भएको छ ।

एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् । भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् ।

भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो । ५ पदाधिकारी र १५ जना खुल्ला सदस्य सहित प्रदेश कमिटी २०५ सदस्यीय रहेको छ ।