१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

एमालेले सातै प्रदेशमा स्थानीय चुनाव केन्द्रित प्रशिक्षण गर्ने

एमालेले सातै प्रदेशमा स्थानीय चुनाव केन्द्रित प्रशिक्षण गर्ने
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम तय गरेको छ । 

महासचिव शंकर पोखरेलले माघ २५ गते प्रदेश कमिटीहरुका नाममा पत्र जारी गर्दै आवश्यक तयारीमा लाग्न निर्देशन दिनुभएको छ ।

एमालेले लगातारको दबाब, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्णय गरेकाले उक्त निर्वाचनलाई पार्टीका पक्षमा पार्नका लागि मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी हालतमा राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

दुई दिने कार्यक्रमको उद्घाटन सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले माघ २८ गते भर्चुअल माध्यमबाट गर्नुहुनेछ । 
 

उद्घाटन शत्रमा पार्टी केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरु, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला कमिटीका पदाधिकारी एवं प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीहरु सहभागी सहभागी रहने एमालेले जनाएको छ । 

प्रशिक्षण कार्यक्रमका सहभागीहरुः
क. प्रदेश कमिटीका इञ्चार्ज तथा सह इञ्चार्जहरु
ख. प्रदेश कमिटी पदाधिकारीहरु
ग. प्रदेश कमिटीका स्कुल तथा स्थानीय तह विभाग प्रमुखहरु
घ. प्रदेश अन्तर्गतका सबै जिल्ला कमिटी इञ्चार्ज/सहइन्चार्जहरु
ङ. प्रशेश अन्तर्गतका सबै जिल्ला कमिटी पदाधिकारीहरु
च. सबै जिल्ला कमिटी स्कुल तथा स्थानीय तह विभागका प्रमुखहरु
छ. नेकपा (एमाले)बाट निर्वाचित जि.स.स. प्रमुख वा प्रमुख नभएको जिल्लाबाट उपप्रमुख
ज. नेकपा (एमाले)बाट विजयी पालिका प्रमुख वा पालिका प्रमुख नभएकोमा उपप्रमुखहरु

प्रशिक्षणको समय तालिका र स्थान:

प्रदेश नं १– फागुन १– २, विराटनगर

मधेस प्रदेश– फागुन ३–४, जनकपुर

वागमती प्रदेश– फागुन ६–७, काठमाडौं

गण्डकी प्रदेश– फागुन ८–९, पोखरा

लुम्बिनी प्रदेश– फागुन ११–१२, बुटवलरदाङ

कर्णाली प्रदेश– फागुन १४–१५, सुर्खेत

सुदूरपश्चिम प्रदेश– फागुन १६–१७, धनगढी