२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्नी देओलको फिल्म ‘गदर २’ ले बक्सअफिसमा ५०० करोड कटायो



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सन्नी देओल र अमिषा पटेलको फिल्म ‘गदर २’ रिलिज भएको तीन हप्ताभन्दा बढी समय बितिसक्दा पनि टिकट काउन्टरहरूमा राम्रो संख्यामा ग्राहक पाईरहेको छ ।

‘गदर २’ ले बक्सअफिसमा भारु ५०० करोड कमाईसकेको छ । सोमबार मात्रै फिल्मले २.५ करोड कमाएको बताईएको छ । प्रारम्भिक अनुमान अनुसार फिल्मले अहिले ५०३.६७ करोड रुपैयाँ कमाएको छ ।

‘गदर २’ अगस्ट ११ मा रिलिज भएको थियो । अक्षय कुमारको ‘ओएमजी २’ र रजनीकान्तको ‘जेलर’को एक दिनपछि रिलिज गरेको फिल्मले पहिलो दिनमा ४० करोड कमाएको थियो । भारतको स्वतन्त्रता दिवसको दिनमा मात्रै यसले ५५ करोड कमाएको थियो । जसको सहयोगमा यसले आफ्नो पहिलो हप्तामा २८४.६३ करोड भारु सङ्कलन गर्यो ।

यसले दोस्रो हप्तामा १३४.४७ करोड र तेस्रो हप्तामा ६३.३५ करोड थप्यो। यससँगै ‘गदर २’ ले रिलिजको २४ औं दिनमा ५०० करोड कटाएको हो ।

‘गदर २’ को सफलताको उपलक्ष्यमा शनिबार भव्य पार्टीको आयोजना गरिएको थियो। पार्टीमा निर्देशक अनिल शर्मासहित फिल्मका सम्पूर्ण कलाकारहरुको उपस्थिति रहेको थियो । अमिषा पटेल आफ्नो ग्लैमरस अवतारमा सिक्वेन्ड गाउनमा थिइन् भने सन्नी नीलो सूटमा थिए। पार्टीमा धर्मेन्द्र, छोरा र बुहारी दृष्टि आचार्य र बबी देओलसहित उनको सम्पूर्ण देओल परिवारको समेत सहभागि भएका थिए ।