२३ भाद्र २०८३, मंगलवार
,
Latest
सामाजिक सञ्जालको अशिष्टता रोक्न एमाले बाँकेको निगरानी, स्क्रिनसटसहित बुलेटिन निकाल्ने सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले बढ्यो भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग हङकङले नेपाललाई दियो २६२ रनको लक्ष्य राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै जेन–जी विद्रोहले लोकतन्त्रमा पलाएको कुशासन र भ्रष्टाचारको लेउ पखाल्यो : बाबुराम भट्टराई नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुई जना पक्राउ बाढीपीडितको उद्धार तथा राहतमा धादिङका एमाले स्थानीय कमिटी सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनको निमन्त्रणमा किम जोन रुस जाने, हतियारको सौदाबाजी हुने आंकलन



अ+ अ-

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न यही सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोन उन रुस जाने भएका छन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुले रुसको भ्लाडिभोस्टकमा हुने दुई नेताबीचको भेटवार्तामा युक्रेन युद्धमा होमिएको रुसलाई हातहतियार उपलब्ध गराउने विषयमा सहमति हुने बताएका छन् । पछिल्ला वर्षहरुमा रुसले उत्तर कोरियासँग राजनीतिक, कुटनीतिक तथा सैनिक सम्बन्ध थप प्रगाढ बनाउँदै लगेको छ ।

उत्तर कोरियाली नेताले सम्भवत: प्योङयाङबाट रेलमार्ग हुँदै रुसको पूर्वी शहर भ्लाडिभोस्टकको यात्रा गर्नेछन् ।

समाचार अनुसार उत्तर कोरियाले रुसलाई आर्टिलरी शेल (तोपगोला) र ट्याँकभेदी क्षेप्यास्त्रहरु उपलब्ध गराउने योजना बनाएको छ । यसको बदलामा रुसले उत्तर कोरियालाई भूउपग्रहका लागि उच्च प्रविधि र आणविकयुक्त पनडुब्बीका लागि प्रविधि हस्तान्तरण गर्ने सम्भावना छ ।

अमेरिकाले उत्तर कोरियाले लगातार उन्नत किसिमका हातहतियार उत्पादन र परीक्षण गरिरहेकामा चिन्ता व्यक्त गरिरहेकै अवस्थामा रुस र उत्तर कोरियाबीचको बाक्लिएको सम्बन्धले थप तरङ्ग ल्याएको छ । यही सन्दर्भमा दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने योजना अघि बढाएका छन् ।

केही अघि उत्तर कोरियाको भ्रमण गरेका रुसी रक्षामन्त्री सेर्गेइ शोइगुले पनि छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्न रुसले चाहेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन् ।