१९ माघ २०८१, शनिबार
,
Latest
एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनको निमन्त्रणमा किम जोन रुस जाने, हतियारको सौदाबाजी हुने आंकलन



अ+ अ-

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न यही सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोन उन रुस जाने भएका छन् ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुले रुसको भ्लाडिभोस्टकमा हुने दुई नेताबीचको भेटवार्तामा युक्रेन युद्धमा होमिएको रुसलाई हातहतियार उपलब्ध गराउने विषयमा सहमति हुने बताएका छन् । पछिल्ला वर्षहरुमा रुसले उत्तर कोरियासँग राजनीतिक, कुटनीतिक तथा सैनिक सम्बन्ध थप प्रगाढ बनाउँदै लगेको छ ।

उत्तर कोरियाली नेताले सम्भवत: प्योङयाङबाट रेलमार्ग हुँदै रुसको पूर्वी शहर भ्लाडिभोस्टकको यात्रा गर्नेछन् ।

समाचार अनुसार उत्तर कोरियाले रुसलाई आर्टिलरी शेल (तोपगोला) र ट्याँकभेदी क्षेप्यास्त्रहरु उपलब्ध गराउने योजना बनाएको छ । यसको बदलामा रुसले उत्तर कोरियालाई भूउपग्रहका लागि उच्च प्रविधि र आणविकयुक्त पनडुब्बीका लागि प्रविधि हस्तान्तरण गर्ने सम्भावना छ ।

अमेरिकाले उत्तर कोरियाले लगातार उन्नत किसिमका हातहतियार उत्पादन र परीक्षण गरिरहेकामा चिन्ता व्यक्त गरिरहेकै अवस्थामा रुस र उत्तर कोरियाबीचको बाक्लिएको सम्बन्धले थप तरङ्ग ल्याएको छ । यही सन्दर्भमा दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने योजना अघि बढाएका छन् ।

केही अघि उत्तर कोरियाको भ्रमण गरेका रुसी रक्षामन्त्री सेर्गेइ शोइगुले पनि छिमेकी मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध विकास गर्न रुसले चाहेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन् ।