काठमाडौँ । नेपाल र भारतको खेलमा पुन: बर्षा बाधक बनेको छ । श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा पानि पर्न थालेपछि पिचलाई कभरले ढाकिएको छ ।
भारतले ब्याटिङ गर्दै गरेको अवस्थामा पानि परेको हो । भारतले २.१ ओभरमा विकेट नगुमाई १७ रन बनाएको छ ।
यसअघि ईनिङमा नेपालले भारतलाई जितको लागि २३१ रनको लक्ष्य दिएको छ ।