५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

नेपालले भारतलाई २३१ रनको लक्ष्य दियो

नेपालले भारतलाई २३१ रनको लक्ष्य दियो
अ+ अ-

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत समुहचरणको अन्तिम खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनायो ।

नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेखले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रन बनाए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९.५ ओभरमा ६५ रनको साझेदारी गरेका थिए ।

नेपालका तिब्र गतिका बलर सोमपाल कामि एक चौका र २ छक्कासहित ४८ रन बनाएर अर्धशतकको मुखमा आउट भए । यस्तै, गुलशन झा ३५ बलमा ३ चौकासहित २३ रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरीले ३ चौकासहित २९ रन बनाए । भीम सार्की ७, कप्तान रोहित पौडेल ५, कुशल मल्ल २ र सन्दीप लामिछाने ९ रनमा आउट भए ।

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद शिराजले समान ३ विकेट लिए । यस्तै, मोहम्मद शामी, शार्दुल ठाकुर र हार्दिक पान्ड्याले समान एक विकेट लिए ।