१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित भर्सेस रोहित: यस्तो छ नेपालविरुद्ध भारतको सम्भावित प्लेइङ–११



अ+ अ-

एजेन्सी । एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार दिउँसो ३: १५ बाट सुरु हुनेछ ।

सुपर फोरमा पुग्न भारतलाई समुहचरण अन्तर्गतको आजको अन्तिम खेल जिल्नुपर्ने हुुन्छ । नेपाल भारतभन्दा धेरै नै कमजोर टीम हो । यद्यपी, उपाधि दाबेदार भारतले यसमा कुनै हेलचक्राई गर्न चाहदैन । त्यसैले भारतले नेपालविरुद्ध आफ्नो पहिलो रोजाईका खेलाडीलाई नै निरन्तरता दिने सम्भावना देखिन्छ ।

भारतले आजको खेलमा पाकिस्तानसँगको टिमलाई नै मैदानमा उतार्ने देखिएको छ । तीव्र गतिका बलर जस्प्रित बुमराह ब्यक्तिगत कारण मुम्बई फर्किएपछि भारतले टीममा एक परिवर्तन गर्ने पक्का छ । बुमराहको स्थानमा अर्का अनुभवी तीव्र गतिका बलर मोहम्मद शामीले खेल्नेछन् ।

केएल राहुलले सुरुवाती दुई खेल गुमाउने भारतले प्रतियोगिता अघिनै जानकारी दिएको थियो । ओपनरमा कप्तान रोहित शर्मा र शुभमन गिल नै हुनेछन् । ओडिआईमा तीन दोहोरो शतक हानेका शर्माको प्रदर्शन महत्वपूर्ण हुनेछ । रनमेसिन विराट कोहली तेस्रो नम्बरमा खेल्नेछन् । चौथो नम्बरमा श्रेयस ऐर र पाँचौं नम्बरमा विकेटकिपर ईशान किशन खेल्नेछन् ।

त्यसैगरी छैटौं नम्बरमा अलराउन्डर हार्दिक पान्ड्या , सातौंमा स्पिन अलराउन्डर रविन्द्र जडेजा र आठौंमा शार्दुल ठाकुर खेल्नेछन् । कुलदीप यादव नवौं, मोहम्मद शामी दशौं र मोहम्मद शिराज ११ औं नम्बरमा खेल्नेछन् ।

नेपालविरुद्ध भारतको सम्भावित प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, हार्दिक पान्ड्या, ईशान किशन, रविन्द्र जडेजा, शार्दुल ठाकुर, मोहम्मद शामी, मोहम्मद शिराज र कुलदीप यादव ।