५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

त्रिपन्नौँ पटक रक्तदान गर्नुभएका बजिमयको अनुभव: ‘जति रक्तदान गर्‍यो, उति स्वस्थ्य भइँदोरहेछ ’

त्रिपन्नौँ पटक रक्तदान गर्नुभएका बजिमयको अनुभव: ‘जति रक्तदान गर्‍यो, उति स्वस्थ्य भइँदोरहेछ ’
अ+ अ-

खोटाङ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका मन्त्री छत्रकुमार बजिमयले शनिबार रक्तदान गर्नुभयो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित शङ्खधर साख्वाचोकका ५२ वर्षीय बजिमयले रक्तदान गर्नुभएको यो ५३ औँ पटक हो । सुत्केरी हुनेक्रममा अधिक रक्तश्राव भएर सिकिस्त बिरामी पर्नुभएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी कविता राईका लागि उहाँले सो रक्तदान गर्नुभएको थियो । कविताको अवस्था अहिले सामान्य बन्दै गएको चिकित्सक कृष्णकुमार राईले जानकारी दिनुभएको छ ।

बजिमयले पहिलोपटक ३० वर्षको उमेरमा रक्तदान गर्नुभएको थियो । सत्र वर्षअघि रेडक्रसका आजीवन सदस्य बन्नुभएका उहाँले विसं २०६० सालमा पहिलोपटक साविक टेम्मा गाविस हाल दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माकी शारदा मगर ९राई०लाई रक्तदान गर्नुभएको थियो ।

तत्कालीन समयमा रक्तदान गर्न अस्पताल पुग्दा स्वास्थ्यकर्मीले नै विभिन्न डर, त्रास तथा भ्रम सिर्जना गर्ने गरेको उहाँले स्मरण गर्नुभयो । “टेम्माकी शारदा मगर अधिक रक्तश्राव भएर अस्पताल आउनुभएको रहेछ । धामी/झाँक्री लगाउँदै गाउँमै बस्नुभएकी उहाँ ९शारदा०लाई रगत दिनुपर्ने भयो”, उहाँले भन्नुभयो, “अन्तिम अवस्थामा पुग्नुभएकी उहाँलाई रक्तदान गर्न जाँदा स्वास्थ्यकर्मीले नै नदिन आग्रह गरेका थिए । ‘रक्तदान, जीवनदान’ भन्ने नारा सम्झेर मैले उहाँलाई दिएँ १ अहिलेसम्म उहाँ जीवित हुनुहुन्छ । ती दिदीले अहिले पनि बेला–बेला फोन गर्नुहुन्छ । उहाँका छोराछोरी मामा भन्दै भेट्न आउँछन् । यसैमा आनन्दित छु ।”

रेडक्रसमा दोस्रो कार्यकालका लागि मन्त्री चयन भएर काम गरिरहनुभएका बजिमय कसैलाई रक्तदान गर्न पाउँदा आफूलाई सबैभन्दा आनन्दित महसुस हुने गरेको बताउनुहुन्छ । “मैले दिएको रगतले धेरैको ज्यान बँचेको छ । उहाँहरुले आफूलाई ठीक भइसकेपछि फोन तथा भेटेर धन्यवाद दिने गरेका छन् । यो नै सबैभन्दा बढी खुसीको क्षण लाग्छ मलाई १”, उहाँले भन्नुभयो, “रातको बाह्र/एक बजे उठेरसमेत रगत दिने गरेको छु । रक्तदान गर्नु आफ्नै लागिसमेत फाइदा हुँदोरहेछ । अहिलेसम्म मलाई कुनै रोग छैन ।”

उमेरले साथ दिएसम्म रक्तदान गर्ने योजनामा रहेको उहाँले बताउनुभएको छ ।” म अहिले ५२ वर्षको भएँ १ ६० वर्षसम्म रक्तदान गर्न मिल्छ । कम्तिमा १०० पटक रक्तदान गर्ने मेरो लक्ष्य थियो । रक्तदान गरेको तीन महिनापछि पुन: दान गर्न मिल्छ तर, जिल्लामा स्थापना गरिएको रक्त सङ्कलन केन्द्रको भण्डारण गृह कम क्षमताको छ । क्षमता कम भएकै कारण रक्त सङ्कलन केन्द्रले मलाई जगेडाकोषको रुपमा बस्न आग्रह गर्दै आएको छ”, उहाँले भन्नुभयो, “अब मैले २४ पटकमात्र रक्तदान गर्न मिल्छ । यसले मेरो एक सय पटक रक्तदान गर्ने उद्देश्य प्राप्त गर्नसक्ने सम्भवान भएन तर, पनि यो बीचमा धेरैको ज्यान बचाउन सकेकोमा खुसी छु ।”

जिल्लामा अहिले पनि अधिकांश मानिस रक्तदान गर्न डराउने गरेको उहाँले बताउनुभयो । “चेतनाको अभावले अधिकांश मानिस अझै पनि रक्तदान गर्न मान्दैनन् । रक्तदान गर्दा आफ्नो लागिसमेत फाइदा हुन्छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा गाउँगाउँमा रक्तदानसम्बन्धी सचेतना गोष्ठी सञ्चालन गर्ने तयारीमा छौँ । यसले रगत अभावकै कारण ज्यान गुमाउनुपर्ने अवस्थाबाट जिल्लावासीले मुक्ति पाउँछन् ।”

दश स्थानीय तह रहेको जिल्लामा यसअघि स्थापना गरिएको रक्त सङ्कलन केन्द्र अहिले अवरुद्ध रहेको छ । दिक्तेलस्थित जिल्ला अस्पताल खोटाङको कार्यालय परिसरमा रहेको रक्त सङ्कलन केन्द्र हप्ता दिनअघिदेखि अवरुद्ध हुँदा रगत आवश्यक पर्ने बिरामीका आफन्त आफ्नै आफन्त तथा सेना र प्रहरी गुहार्नुपर्ने अवस्थामा छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले सञ्चालन गर्दै आएको रक्त सङ्कलन केन्द्रका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । अवरुद्ध रक्त सङ्कलन केन्द्रको फ्रिज पुन: मर्मत गरेर केही दिनमै सञ्चालनमा ल्याएपछि रेडक्रसलाई हस्तान्तरण गर्ने तयारी गरिएको नगर स्वास्थ्य शाखा निरीक्षक खेमराज आचार्यले बताउनुभयो ।

व्यक्ति तथा संस्थाबाट सङ्कलन गरिएका रगत भण्डारण गरेर राखिने फ्रिज बिग्रिएपछि रक्त सङ्कलन केन्द्रमा रगत नहुँदा कतिपय बिरामीलाई बाहिरी जिल्ला रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । भौगोलिकरुपमा विकट मानिएको खोटाङमा सुत्केरी हुन अस्पताल आउने अधिकांश महिलालाई रगत दिनुपर्ने अवस्था रहेको रेडक्रसले जनाएको छ । रासस