२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन राष्ट्रिय निकुञ्जमा मृत गैँडा भेटियो



मृत गैंडा (फाइल तस्बिर)
अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मृत भेटिएको छ । खाग र खुर नभेटिएकाले शिकारीले मारेको आशङ्का गरिएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको पूर्वी क्षेत्रको खगेन्द्र मल्ली पोष्टको भित्री भागमा कुहिएको अवस्थामा गैँडाको हाडखोर भेटिएको हो । गस्ती टोलीले गैँडा भेटेको उहाँले जानकारी दिनुभयो । झण्डै ६–७ महिना अघि गैँडा मरेको हुनसक्ने आँकलन गरिएको छ ।

“हाडखोर मात्रै भेटिएकाले लिङ्ग र उमेर पहिचान हुनसकेको छैन । दुई दिनअघि हाडखोर भेटिएसँगै सो क्षेत्रमा अध्ययन थालिएको छ”, तिवारीले भन्नुभयो– “खाग र खुर नभेटिएकाले शिकारीले मारेको हुनसक्ने आशङ्का गरिएको छ ।”

गत आर्थिक वर्षमा निकुञ्जमा २२ गैँडा मरेका थिए । तीमध्ये दुई चोरीशिकारीबाट तथा अन्य प्राकृतिक कारणले मरेका हुन् । साउनयता गैँडा मृत भेटिएको यो पहिलो हो । वर्षात्को समयमा निकुञ्जमा बाटो बिग्रने भएकाले गाडीबाट गस्ती गर्न असम्भव हुने गर्दछ । यो समयमा हात्ती, साइकल, डुङ्गा र पैदलगस्ती गर्ने गरिन्छ । यससँगै सुरक्षा निकाय र निकुुञ्जका कर्मचारीले एक दुई दिन विभिन्न ठाउँमा पुगेर राति बसेर गस्ती गर्ने गरिन्छ ।

निकुञ्जभित्र ६७ पोष्ट छन् । निकुञ्जका निमित्त प्रमुख राजु घिमिरेका अनुसार ती पोष्टबाट वरपरका क्षेत्रमा गस्ती गर्ने गरिन्छ । कतिपय पोष्टमा नेपाली सेना, निकुञ्जका कर्मचारी र हात्ती छन् भने कतिपयमा सेना र हात्ती मात्रै छन् । वर्षात्को समय भए पनि गस्तीलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो । निकुञ्जका सबै भूभागमा निगरानी हुनेगरी गस्ती गर्ने कार्य भइरहेको घिमिरेको भनाइ छ । गाडी नचल्दासमेत नियमित गस्ती गर्ने गरिन्छ । रासस