१३ भाद्र २०८३, शनिबार Saturday, August 29, 2026
१३ भाद्र २०८३, शनिबार
ताजा खबर
Bizline Nepal बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता Bizline Nepal सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले Bizline Nepal भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार Bizline Nepal कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने Bizline Nepal भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग Bizline Nepal तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला Bizline Nepal परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता Bizline Nepal स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन Bizline Nepal नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु Bizline Nepal राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता Bizline Nepal चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार Bizline Nepal बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल प्रहरी Bizline Nepal बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत Bizline Nepal रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल Bizline Nepal कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव Bizline Nepal परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता Bizline Nepal भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल Bizline Nepal बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील Bizline Nepal नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन Bizline Nepal गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

सल्यानको सुन्तला बगैँचामा ‘पिङ्क डिजिज’

सल्यानको सुन्तला बगैँचामा ‘पिङ्क डिजिज’
अ+ अ-

कर्णाली । सल्यान जिल्लाका सुन्तला बगैँचामा गुलाबी रङको रोग देखिएपछि कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसहित विज्ञको टोली त्यहाँ पुगेको छ ।

राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारको प्रयोगशालामा सल्यानको सुन्तलामा लागेको रोगको नमूना परीक्षण गर्दा पिङ्क डिजिज (गुलाबी रोग) पत्ता लागेको थियो । रोग देखिएलगत्तै किसानको समस्या समाधान गर्न सो किसानसँग सरकार कार्यक्रमअन्तर्गत एकीकृत प्रयोगशाला सुर्खेतका विज्ञसहितको प्राविधिक टोली सल्यान, बागचौर नगरपालिका–९ स्थित सुन्तला किसानको बगैँचामा पुगेको थियो ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश नेतृत्व, एकीकृत कृषि प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतको सहकार्य तथा कृषि विकास कार्यालय सल्यानको व्यवस्थापनमा शुक्रबार किसानसँग अन्तक्र्रिया गर्दै मन्त्री शर्माले जिल्लाको पहिचानको रूपमा रहेको सुन्तला जातमा देखिएको समस्या समाधान गर्न सुन्तला बगैँचा सुदृढीकरण अभियान तथा बगैँचा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

सुन्तलाको पकेट क्षेत्र कोटमौलामा देखिएको रोगको उपचारका लागि प्राविधिक लिएर सम्बन्धित स्थलमा पुगिएको उहाँले बताउनुभयो । मन्त्री शर्माका अनुसार किसानलाई तालिम दिएर रोग नियन्त्रणका लागि विषादी वितरण तथा प्रयोगको विषयमा बगैँचामै पुगेर कार्यक्रम अगाडि बढाइएको हो । टोलीले रोग नियन्त्रणमा लिन तीन सय ५० किसानलाई ‘कपर अक्सिक्लोराइडयुक्त’ विषादी वितरण गरेको थियो ।

बढी ओसिलो र न्यानो वातावरण भएको असार–भदौसम्म सुन्तलाका हाँगामा यो रोगको ढुसीले आक्रमण गर्ने कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिनुभयो । “सुरुमा यो रोगले छोएको ठाउँमा पानीले भिजेको जस्तो देखिने तर पछि विस्तारै रोगले ग्रसित हुँदै जान्छ”, उहाँले भन्नुभयो, “वर्षा सकिएपछि विस्तारै हाँगाको बोक्राको तन्तु मर्दै जान्छ र पछि सुक्न थाल्ने लक्षण देखिन्छ ।” रासस