२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्ध



अ+ अ-

काठमाडौँ । एसिया कप क्रिकेट २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्ध भएको छ ।

शनिबार श्रीलंकाको क्यान्डीमा निरन्तरको वर्षाले दोस्रो ईनिङ्स सुरु हुन नसकेपछि खेल रद्ध भएको हो । दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ दशमलब ५ ओभरमा २ सय ६६ रनमा अलआउट भएको थियो । तर, वर्षा बाधक बनेपछि पाकिस्तानले ब्याटिङ गर्न पाएन ।

पाकिस्तान समूह ए बाट ३ अंकसहित सुपर फोरमा पुगेको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई हराएको थियो ।

सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलको विजेता टोली सुपर फोरमा पुग्नेछन् ।