४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत

आसमान नेपालद्वारा कोभिड प्रभावित एक हजार परिवारलाई राहत
अ+ अ-

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) प्रभावित अति विपन्न, विपन्न एकल महिला, अपाङ्ग र कोभिडका कारण कामबाट वञ्चित भएकाहरुका लागि स्वीस कन्ट्याक्टको सहयोगमा आसमान नेपालले मोरङ र सुनसरी जिल्लामा राहत वितरण गरेको छ ।

आसमान नेपालका अनुसार मोरङ र सुनसरी जिल्लाका दुहबी नगरपालिका, इटहरी उपमहानगरपालिका र क्षेत्रभित्रका कोभिड प्रभावित एक हजार परिवारलाई राहत वितरण गरिएको हो ।

वितरण गरिएको राहत प्याकेजमा प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, दुई केजी आयोनुन, दुई केजी चिनी, दुई लिटर सनफ्लावर तेल, एक केजी सर्फ, पाँच गोटा साबुन, सर्जिकल फेस मास्क ५० वटाको एक प्याकेट, सेनटाइजर ५०० एमएलको एक थान र एक थान हलुका ब्ल्याङ्केट रहेको छ ।

आसमानका नीति सल्लाहकार गुरु सुवेदीले इटहरीका ३०० र दुहबीका ३०० घरपरिवारलाई राहत वितरण भइसकेको जानकारी दिँदै विराटनगर महानगरपालिका क्षेत्रका ४०० घरपरिवारलाई छिट्टै राहत वितरण गरिने बताउनुभयो ।

आसमान नेपालले कोभिड प्रभावित परिवारलाई मानवीय सहायता उपलब्ध गराउने अभियानलाई अन्य जिल्लामा पनि विस्तार गर्ने योजना बनाएको श्री सुवेदीले जानकारी दिनुभयो ।