२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल स्थगित



अ+ अ-

एजेन्सी । एकदिवसीय एसिया कप २०२३ अन्तर्गत भारत र पाकिस्तानबीचको खेल स्थगित भएको छ । श्रीलंकाको क्यान्डीमा जारी खेलमा वर्षा भएपछि खेल अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

भारत ब्याटिङमा छ । भारत ४.२ ओभरमा विकेट नगुमाई १५ रनको स्थितीमा छ । भारतका कप्तान रोहित शर्मा १८ बलमा ११ रनसहित क्रिजमा छन् । यस्तै उनलाई साथ दिएका शुभमन गिलले खाता खोल्न सकेका छैनन् ।

टस जितेर भारतले पहिले ब्याटिङ रोजेको हो । भारतको जारी एसिया कपमा पहिलो खेल हो भने पाकिस्तानको यो दोस्रो खेल हो । पाकिस्तानले पहिलो खेलमा नेपाललाई पराजित गरेको थियो ।