२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः वेस्टहाम विजयी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत वेस्टहाम युनाइटेडले जित निकालेको छ । गएराति भएको खेलमा वेस्टहामले लुटन टाउनलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

खेलको ३७ औं मिनेटमा जारोर्ड बोइनले गोल गर्दै वेस्टहामलाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए । कर्ट जोउमाले ८५ औं मिनेटमा गोल थप्दै वेस्टहामको अग्रता दोब्बर पारे । यता, खेलको इन्जुरी समयमा माड्स जुएल एन्डरसनले गोल गरेपनि उक्त गोल लुटनका लागि सान्त्वना गोल हुन पुग्यो ।

जितसँगै वेस्टहाम ४ खेलबाट १० अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ । लुटनको यो लगातार तेस्रो हार हो । टोली अंकविनि रहँदै तालिकाको पुछारमा छ ।