९ श्रावण २०८३, शनिबार
,
Latest
आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवाद्वारा कांग्रेसका १५ विभागमा प्रमुख मनोनित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित गरेका छन् ।

उनले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार, किरण यादवलाई तराई—मधेश समन्वय विभागको प्रमुखमा मनोनित गरेका हुन् ।

यसैगरी उनले केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई थारु, गेहेन्द्र गिरीलाई जेष्ठ नागरिक समन्वय, आङ्गेलु शेर्पालाई पर्यटन, डा रणबहादुर रावललाई गैरसरकारी संस्था समन्वय, दिलमान पाख्रिनलाई आदिवासी जनजाति, प्रकाश रसाईली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा मनोनित गरेको पार्टी कार्यालयले जनाएको छ ।

त्यस्तै रङ्गमती शाहीलाई पिछडिएको क्षेत्र, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं सीता थपलिया (उर्मिला)लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुखमा मनोनित गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।