२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपानिकट पानस बेलायत अध्यक्षमा रोशन सापकोटा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध प्रवासी नेपाली एकता समाज पानसको बेलायत अध्यक्षमा रोशन सापकोटा सर्वसम्मतिले चयन हुनु भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा सोनाम शेर्पा र शर्मिला लामा, महासचिवमा रमेश शाही ठकुरी, सचिवमा श्रीमती गीता गिरी, सङगठन विभागमा डा डेबिड थापा र भुपाल कार्की, प्राविधिकतर्फ राकेश शाह रहनु भएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यसमितिको सदस्यमा रामप्रवेश यादव, मिठूलाल बिक, सुरेन्द्र बम, शैलेस श्रेष्ठ, दीपक खड्का, कुमार गुरुङ र सुरज श्रेष्ठ रहनु भएको छभने भेलाले एकके श्रेष्ठ, वरिष्ठ गायिका मिरा राणा, नन्दकुमारी गुरुङ र प्रेमबहादुर गुरुङलाइ सल्लाहकार चयन गरेको छ ।

यसैगरी राप्रपाले पछिल्लो समय आक्रामक ढङगबाट पार्टीको प्रवास सङगठन विस्तार गर्ने नीति लिएको र कतिपय देशमा अधिवेशन सम्पन्न भइसकेको, कतिपय अधिवेशन हुने क्रममा रहेको प्रवास विभागले जनाएको छ ।

हालै मात्रै युएई र साउदी अरबमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा अधिवेशन सम्पन्न भएको पनि विभागले जनाएको छ ।