१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपानिकट पानस बेलायत अध्यक्षमा रोशन सापकोटा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध प्रवासी नेपाली एकता समाज पानसको बेलायत अध्यक्षमा रोशन सापकोटा सर्वसम्मतिले चयन हुनु भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा सोनाम शेर्पा र शर्मिला लामा, महासचिवमा रमेश शाही ठकुरी, सचिवमा श्रीमती गीता गिरी, सङगठन विभागमा डा डेबिड थापा र भुपाल कार्की, प्राविधिकतर्फ राकेश शाह रहनु भएको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यसमितिको सदस्यमा रामप्रवेश यादव, मिठूलाल बिक, सुरेन्द्र बम, शैलेस श्रेष्ठ, दीपक खड्का, कुमार गुरुङ र सुरज श्रेष्ठ रहनु भएको छभने भेलाले एकके श्रेष्ठ, वरिष्ठ गायिका मिरा राणा, नन्दकुमारी गुरुङ र प्रेमबहादुर गुरुङलाइ सल्लाहकार चयन गरेको छ ।

यसैगरी राप्रपाले पछिल्लो समय आक्रामक ढङगबाट पार्टीको प्रवास सङगठन विस्तार गर्ने नीति लिएको र कतिपय देशमा अधिवेशन सम्पन्न भइसकेको, कतिपय अधिवेशन हुने क्रममा रहेको प्रवास विभागले जनाएको छ ।

हालै मात्रै युएई र साउदी अरबमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा अधिवेशन सम्पन्न भएको पनि विभागले जनाएको छ ।