१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उच्चस्तरीय टोली चीन जाँदै



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल चीनको सद्भावनापूर्ण भ्रमणका लागि शनिबार त्यसतर्फ जाने भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्ने सो पार्टीका केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले आज विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।

भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता हुनुहन्छ ।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य शहर छोङ्छिङ्, बेइजिङ र छिङ्हाइको भ्रमण गर्नेछ । भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ । भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा ९एमाले० र चिनियाँ कम्युनिष्ट पार्टी ९सीपीसी०बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने जनाइएको छ । रासस