२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपको जर्सीमा पाकिस्तानको नाम किन छैन ?



अ+ अ-

एजेन्सी । एसिया कप अगस्ट ३० बाट सुरु भएको छ । यसपटक पाकिस्तान र श्रीलंकामा हाइब्रिड मोडलको खेल हुँदैछ ।

पाकिस्तानमा टोली पठाउन भारत सरकारको विरोधलाई मध्यनजर गर्दै उसका खेलहरू श्रीलंकामा हुँदैछन् । एसिया कपमा दुई खेल खेलिएका छन् । पहिलो खेल नेपाल र पाकिस्तानबीच अगस्ट ३० मा मुल्तानमा भएको थियो ।

दोस्रो खेल श्रीलंका र बंगलादेशबीच श्रीलंकाको क्यान्डीमा भएको थियो । तर दुवै खेलमा टोलीको जर्सीमा आयोजक पाकिस्तानको नाम र एसिया क्रिकेट काउन्सिलको लोगो थिएन ।

पाकिस्तानका पूर्व क्रिकेटर मोहसिन खान र राशिद लतिफलगायत धेरै खेलाडीले यसका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी) को आलोचना गरेका छन् । पीसीबी र एसीसीले एसीसीको लोगोसँगै जर्सीमा पाकिस्तानको नाम किन छैन भन्ने कुरा स्पष्ट गर्नुपर्ने उनीहरुको अडान छ ।

गत वर्ष टी–२० एसिया कपमा आयोजक श्रीलंकाको नाम एसीसीको लोगोमा थियो । जबकि श्रीलंकामा आर्थिक मन्दी र राजनीतिक अस्थिरताका कारण प्रतियोगिताका खेल युएईमा खेलाइएको थियो ।

अर्कोतर्फ, आलोचनापछि पीसीबीले आफ्नो स्पष्टीकरणमा एसीसीले गत वर्ष नै प्रतियोगिताको लोगोमा आयोजक राष्ट्रको नाम नदिने निर्णय गरेको जनाएको छ । पीसीबीको यो सफाई फ्यानले पचाउन सकेका छैनन् । यदि त्यसो हो भने पीसीबीले यो प्रस्ताव कसरी स्वीकार गर्यो किनभने १५ वर्षपछि पाकिस्तानले बहुराष्ट्रिय प्रतियोगिता आयोजना गरिरहेको उनीहरुको भनाइ छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्टका अनुसार पाकिस्तानका एक पूर्व खेलाडीले नाम न छाप्ने सर्तमा यसो हुनुको कारण एसीसी अध्यक्ष र बीसीसीआई सचिव जय शाह रहेको बताएका छन् ।उनले भारत र पाकिस्तानबीचको सम्बन्ध खराब रहेको बताए ।

यस्तो अवस्थामा भारतको एसिया कपको जर्सीमा अहिले पाकिस्तानको नाम राख्नु ठीक होइन भन्ने बिसिसिआईले सोचेको हुनुपर्छ । लतिफले पनि यो सम्भावनालाई अस्वीकार गर्दैनन् र कारण जे भए पनि यसबारे स्पष्टता आवश्यक रहेको उनी बताउँछन् ।