२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महासंघ काठमाडौँ शाखामा चौतारीको ताला



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस चौतारी नेपाल काठमाडौं शाखाले तालाबन्दी गरेको छ ।

महासंघले नयाँ सदस्यता वितरण गर्दा अपनाएको विधिमा चौतारीले असहमति जनाउँदै शुक्रबार ताला लगाएको हो ।

महासंघले आफ्नो मनमानी र सुनियोजित तरिकाले चौतारीको सदस्यहरू छानिछानी हटाएको उनीहरूको आरोप छ ।

साथै, पत्रकारिता क्षेत्रमा क्रियशिल रहेका पत्रकारहरूलाई अपमानजनक ढङ्गले सदस्यबाट वञ्चित गर्ने महासंघको निर्णय षड्यन्त्र र प्रतिशोधपूर्ण रहेको चौतारीको जिकिर छ ।