२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले बराईनलाई २.५ ओभरमै हरायो



अ+ अ-

काठमाडौँ । आइसिसी महिला टि– २० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले सानदार बलिङ गर्दै बहराइनलाई १० विकेटले हराएको छ ।

बहराइनले जितको लागि दिएको ३२ रनको सामान्य लक्ष्य नेपालले २.५ ओभरमा कुनै विकेट नगुाई पूरा गर्यो । नेपालको जितमा ओपनर कविता कुँवर १४ बलमा ३ चौकासहित १८ र सीताराना मगर २ रनमा अविजित रहिन् ।

यसअघि मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । बहराइनकी कप्तान दीपिकाले २० सर्वाधिक ११ रन बनाउदा अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । जसमा बहराइनका ६ खेलाडी खाता नखोलि शून्य रनमा आउट भए ।

नेपालकी इन्दु बर्माले ४ ओभरमा २ मेडनसहित ५ रन खर्चेर तीन विकेट लिएकी थिईन् । खुशी डंगोलले १।४ ओभरमा १ मेडनसहित रन नदिइ दुई विकेट लिइन् भने कविता कुँवर, पुजा महतो र रुविना क्षेत्रीले समान एक विकेट लिएका थिए ।

हिजो भएको पहिलो खेलमा नेपालले आयोजक मलेसियालाई पाँच रनले पराजित गरेको थियो । अव नेपालले आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ ।

समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । हरेक समुहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् भने फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टि२० विश्वकप खेल्नेछन् ।

यो पनि पढ्नुहोस्: नेपालसामु बहराइन ३१ रनमा अल आउट, ६ खेलाडीले खाता खोल्न पाएनन्