१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी सरकारविरुद्धको रिट ‘हेर्न नमिल्ने’



अ+ अ-

विराटनगर । कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज हुने भनिएको अन्तिम सुनुवाइ रोकिएको छ ।

पूर्ण सुनुवाइको लागि आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिट तोकिएकोमा खतिवडाले हेर्न नमिल्ने भएपछि सुनुवाई सरेको हो ।

यसअघि प्रारम्भिक सुनुवाइमा पनि खतिवडा रहेकाले आजपूर्ण सुनुवाइमा रहेर उनले उक्त रिट हेर्न नमिल्ने भएपछि आजको सुनुवाई सरेको हो ।

भदौ ६ गते प्रारम्भिक सुनुवाइको क्रममा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भन्दै कारणदेखाउ आदेश जारी गरेका थिए । आज पनि खतिवडासहितकै इजलासमा पेसी तोकिएपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो ।