११ असार २०८३, बिहीबार
,
Latest
समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दकपुरमा व्यावसायिकरुपमा चौँरीपालन



अ+ अ-

फिक्कल । चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो ।

सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि फर्किएर चौँरीपालन गरिरहनुभएको छ । यस ठाउँको धुपी क्षेत्रमा परम्पारगतरूपमा चौँरीपालन हुँदै आएको थियो । अहिले राईको गोठमा २५ चौँरी छन् । उहाँले घरपालुवा उराङ जातिका चौँरीपालन गरेको बताउनुभयो ।

सन्दकपुर–४ को बिखेभञ्ज्याङ क्षेत्रमा पनि चौँरीपालन गरिँदै आएको छ । उनीहरुले दूध, घ्यू र छुर्पी बेचेर वार्षिकरूपमा रु पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । हिमाली क्षेत्रको आम्दानीको स्रोतका रूपमा रहेको चौँरीपालनमा युवाले सक्रियता देखाएका छन् ।

लेकाली हावापानी शीतल–सुन्दर घाँसेमैदानमा सन्दकपुर–२ को धुपीक्षेत्र चौँरीपालनको पकेट क्षेत्र हो । तीन हजारदेखि छ हजार मिटर उचाइको हावापानी चौँरीका लागि अनुकूल मानिन्छ । चौँरी घरपालुवा र जङ्गली गरी दुई प्रकारको हुन्छ । उराङ जातको चौँरीलाई घरमा पाल्ने गरिएको छ ।

फालेलुङमा चौँरीपालन व्यवसाय पछिल्लो समय बढ्दै गएको छ । चौँरीपालनमा युवा बढी संलग्न छन् । चौँरीको दूधबाट मात्र होइन रौँबाट पनि आम्दानी हुने गरेको छ । रौँबाट राडीपाखी बन्ने गरेको छ । गाई किर्खोबाट जन्मिने चौँरीलाई ‘उराङ’ र पहाडी गोरु याकको सङ्सर्गबाट जन्मिने सन्तानलाई ‘डिम्जो’ भनिन्छ । डिम्जो चौँरीजस्तै दुधालु हुन्छ । तर झोप्क्यो ९भाले० भने भारी बोक्न काम लाग्छ । रासस