१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी मोर्चाले आज पोखरामा सन्देश सभा गर्दै



अ+ अ-

काठमाडौँ । समाजवादी मोर्चाले आज गण्डकी प्रदेशमा सन्देश सभा गर्ने भएको छ । पोखरामा आयोजना हुन लागेको सभालाई मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’पोखरा जाने कार्यक्रम रहेको छ ।

समाजवादी मोर्चाले देशका सातवटै प्रदेशमा सन्देश सभा गर्ने निर्णयअनुसार गण्डकीमा गर्न लागिएको हो । मोर्चाले मधेस प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको छ ।