४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा

‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शनमा
अ+ अ-

काठमाडौँ । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ सँगै रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)को अवसर पारेर दुई नयाँ चलचित्र ‘ऐँचो पैँचो’ र ‘गणपति’ प्रदर्शन भएको छ । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिए पनि चाडपर्वका कारण एक दिन अगाडी नै यी चलचित्र प्रदर्शन भएका हुन् ।

राजनीतिलाई पृष्ठभूमि बनाएर तयार गरिएको चलचित्र ‘ऐँचो पैँचो’ लाई कृषा चौलागाईंले निर्देशन गर्नुभएको छ । यद्यपि चलचित्र पूर्णरुपमा राजनीतिमै केन्द्रित नरहेको निर्देशक चौलागाईंले बताउनुभयो । “हाम्रो दैनिक जीवन जसरी राजनीतिबाट टाढा छैन, त्यसरी नै चलचित्रका पात्र जोडिएका हुन् । यद्यपि यसमा सामाजिक विषयवस्तु नै छ । प्रचार सामग्री हेर्दा त्यस्तो भने लाग्न सक्छ”, निर्देशक चौलागाईंले भन्नुभयो ।

चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको छ । राजनीतिलाई पेसा बनाउनेप्रति व्यङ्ग्य गर्ने प्रवृत्ति रहेको भन्दै खड्काले चलचित्रले उठाएको विषयवस्तु समाजसँग जोडिएको बताउनुभयो ।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त चलचित्रमा कोसिस क्षेत्री, सुशील सिटौला, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

आजैदेखि प्रदर्शन भएको अर्को चलचित्र ‘गणपति’ लाई सविन अधिकारीले निर्देशन गर्नुभएको छ । उहाँकै लेखन रहेको चलचित्रमा निःसन्तान दम्पतिलाई भगवान गणेशजस्तो स्वरुपको पुत्र लाभ भएपछि आइपर्ने विविध परिस्थितिलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा मुुकुन भुसाल,मेनुका प्रधान,राजाराम पौडेल,सूर्यमाला खनाल,स्व. जयनन्द लामा,सुशील पोखरेल,प्रकाश घिमीरे, पुस्कर गुरुङलगायतका कलाकारले अभिनय गर्नुभएको छ । अभिनेता भुसालले चलचित्रमार्फत समाजको विकृतिलाई व्यङ्ग्य गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“यो केही फरक रुपमा तयार भएको छ । यसमा अभिनय गर्दा पात्रमै रहेर केही समय विताएको थिएँ ।”

चलचित्रमा हरिबहादुर घलेले छायाङ्कन , विपिन मल्लले सम्पादन, कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ ।