७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

संरचनागत सुधार नगरे मुलुकमा सजिलै वैदेशिक लगानी आउन सक्दैन: पूर्वअर्थमन्त्री शर्मा

संरचनागत सुधार नगरे मुलुकमा सजिलै वैदेशिक लगानी आउन सक्दैन: पूर्वअर्थमन्त्री शर्मा
अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना भएपनि लगानीका सम्भावनाहरुलाई परिचालन गर्न नसकेको बताउनु भयो । उहाँले नेपालमा आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको बताउनु भयो ।

उहाँले सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास नगर्दा सरकारका संरचनाहरुले आवश्यकताको आधारमा काम गर्न नसकेको बताउनु भयो । उहाँले मुलुकको संरचनागत सुधार आजको आवश्यकता भएको दाबी गर्नुभयो । पूर्वअर्थमन्त्री शर्माले मुलुकमा भारत,चीन,अमेरिकाको लगानी आइरहेको भन्दै उक्त लगानी नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कुटनीतिक नीतिको कारण प्राप्त गरिरहेको बताउनु भयो ।

उहाँले वैदेशिक लगानी ल्याउनको लागि नेपालले प्रयासहरुलाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक लगानी ल्याउँदा पनि नेपाल सरकारलाई चुनौतिहरु रहेको बताउनु भयो । उहाँले नेपालको अर्थकुटनीतिक कमजोर हुँदा एक देशले नेपालमा लगानी गर्दा अर्को देश सशंकित हुने अवस्था रहेको बताउनु भयो । उहाँले वैदेशिक लगानी पनि नेपालमा समस्याको रुपमा देखिने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालमा लगानीका प्रस्शत सम्भावना छन् । तर लगानीका सम्भावनाहरुलाई परिचालन गर्न सकिरहेका छैनौं । आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको छ । प्राप्त मात्रामा छैन । सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास गरिरहेको छैन । सरकारका संरचनाहरु छन् । तर आवश्यकताको आधारमा काम हुन सकेको छैन । त्यसको प्रतिफल मुलुकले लिन सकेको छैन । मुलुकको संरचनागत सुधार आजको आवश्यकता हो । अब सरकारले संरचनागत सुधार नगरी नेपालमा सजिलै वैदेशिक लगानी आउन सक्दैन ।

मुलुकमा भारत,चीन,अमेरिकाको लगानी आइरहेको छ । नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कुटनीतिकको कारण प्राप्त गरिरहेका छौं । वैदेशिक लगानी ल्याउनको लागि नेपालले प्रयासहरुलाई बढाउनुपर्ने आवश्यकताहरु छ । वैदेशिक लगानी ल्याउँदा पनि हामीलाई चुनौतिहरु छन् । एक देशको नेपालमा लगानी आउँदा अर्को देश संशकित हुन्छ । यसको कारण नेपालको अर्थकुटनीतिक कमजोर हुनु हो । हामीले त्यो कुरा बुझाउन सकिरहेका छैनौं । वैदेशिक लगानी पनि नेपालमा समस्याको रुपमा देखिन्छ ।’

उहाँले सरकारले आर्थिक रुपमा समृद्धि ल्याउनको लागि संरचनागत सुधार र स्थिर राजनीतिक आवश्यक रहेको बताउनु भयो । उहाँले अस्थिर राजनीतिक भएसम्म आर्थिक वृद्धि हुन नसक्ने बताउनु भयो ।