१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख खानको फिल्म ‘जवान’ को ट्रेलर सार्वजनिक– भिडियोसहित



अ+ अ-

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानका फ्यानहरु उनको फिल्म ‘जवान’ को प्रतिक्षामा छन् । फिल्मसँग सम्बन्धित हरेक अपडेटले किंग खानका फ्यानहरुको बेचैनी बढाइरहेको छ । फिल्मको रिलिज मिति नजिकिदै गर्दा आज ‘जवान’ को ट्रेलर सार्वजनिक भएको छ ।

यो ट्रेलरबाट शाहरुख खान एक पिता र छोराको भूमिकामा देखिने पक्का भएको छ । उनी ट्रिपल भूमिकामा देखिने हो कि भन्ने सम्भावना छ । ट्रेलरमा शाहरुख आर्मी सिपाही, आईपीएस अफिसर र अपहरणकर्ताको भूमिकामा देखिएका छन् ।

ट्रेलर बुबाको कथाबाट सुरु हुन्छ । फिल्मको ब्याकग्राउन्ड स्टोरीबाट सुरु हुन्छ जहाँ शाहरुख खान भ्वाइस ओभरमा भन्छन् ‘एउटा राजा थियो… एकपछि अर्को लडाइँ हार्दै गयो.. ऊ भोक–तिर्खाले जङ्गलमा भटकिरहेको थियो… धेरै रिसाएको थियो ।’

एटलीले जवानलाई निर्देशन गरेका छन् । फिल्ममा शाहरुखका अलावा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियमणी, गिरिजा ओक, सञ्जिता भट्टाचार्य, लेहर खान, आलिया कुरेशी, रिद्धी डोग्रा, सुनील ग्रोवर र मुकेश छाबराको अभिनय रहेको छ । फिल्म सेप्टेम्बर ७ मा हलमा रिलिज हुँदैछ ।