२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप: श्रीलंकाविरुद्ध ब्याटिङमा बंगलादेश, एक विकेट गुमायो



अ+ अ-

काठमाडौँ । एसिया कप २०२३ को समूह बी को पहिलो खेलमा बंगलादेश ब्याटिङमा उत्रेको छ । पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा श्रीलंकाविरुद्ध टस जितेर बंगलादेशले पहिला ब्याटिङ रोजेको हो ।

६ पटकको उपाधि विजेता श्रीलंकाविरुद्ध बंगलादेशले एक विकेट गुमाएको छ । बंगलादेशका ओपनर तान्जिद तमिम १.२ ओभरमा शुन्य रन बनाएर महेश थेक्षानाको बलमा एलबिडब्ल्यू आउट हुन पुगे ।

ताजा स्थितीमा बंगलादेशले ३.२ ओभरमा एक विकेट गुमाएर ९ रन बनाएको छ ।

एसिया कपमा समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हिजो भएको सुमुह ए को पहिलो खेलमा आयोजक पाकिस्तानले नेपाललाई २३८ रनले पराजित गरेको थियो ।

श्रीलंकाको प्लेइङ ११– पाथुम निसान्का, दिमुथ करुणारत्ने, कुसल मेन्डिस (विकेटकीपर), सदीरा समरविक्रमा, चरित असालान्का, धनंजया डी सिल्भा, दासुन शानाका (कप्तान), दुनिथ वेललागे, महेश थेक्षाना, कसुन रजिथा, मथिशा पाथिराना।

बंगलादेशको प्लेइङ ११–मोहम्मद नइम, तान्जिद तमिम, नजमुल हुसेन शान्तो, तौहिद ह्रिदोय, शकिब अल हसन (कप्तान), मुशफिकुर रहिम (विकेटकिपर), मेहेदी हसन, महेदी हसन, तस्किन अहमद, शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान ।