४ भाद्र २०८३, बिहीबार
,
Latest
सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना दाङमा ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते गरिमा चौधरी हत्या प्रकरण : न्यायको माग गर्दै पथलैया–वीरगन्ज सडक ठप्प धुर्मुसको गुनासो : ‘आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भयो’ वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप: श्रीलंकाविरुद्ध ब्याटिङमा बंगलादेश, एक विकेट गुमायो



अ+ अ-

काठमाडौँ । एसिया कप २०२३ को समूह बी को पहिलो खेलमा बंगलादेश ब्याटिङमा उत्रेको छ । पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा श्रीलंकाविरुद्ध टस जितेर बंगलादेशले पहिला ब्याटिङ रोजेको हो ।

६ पटकको उपाधि विजेता श्रीलंकाविरुद्ध बंगलादेशले एक विकेट गुमाएको छ । बंगलादेशका ओपनर तान्जिद तमिम १.२ ओभरमा शुन्य रन बनाएर महेश थेक्षानाको बलमा एलबिडब्ल्यू आउट हुन पुगे ।

ताजा स्थितीमा बंगलादेशले ३.२ ओभरमा एक विकेट गुमाएर ९ रन बनाएको छ ।

एसिया कपमा समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हिजो भएको सुमुह ए को पहिलो खेलमा आयोजक पाकिस्तानले नेपाललाई २३८ रनले पराजित गरेको थियो ।

श्रीलंकाको प्लेइङ ११– पाथुम निसान्का, दिमुथ करुणारत्ने, कुसल मेन्डिस (विकेटकीपर), सदीरा समरविक्रमा, चरित असालान्का, धनंजया डी सिल्भा, दासुन शानाका (कप्तान), दुनिथ वेललागे, महेश थेक्षाना, कसुन रजिथा, मथिशा पाथिराना।

बंगलादेशको प्लेइङ ११–मोहम्मद नइम, तान्जिद तमिम, नजमुल हुसेन शान्तो, तौहिद ह्रिदोय, शकिब अल हसन (कप्तान), मुशफिकुर रहिम (विकेटकिपर), मेहेदी हसन, महेदी हसन, तस्किन अहमद, शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान ।