४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

ऐंचोपैँचोको प्रिमियरमा एकसाथ देखिए माधव नेपाल, गणेश तिमिल्सिना, महेश बस्नेत, रघुजीपन्त र प्रेम आले

ऐंचोपैँचोको प्रिमियरमा एकसाथ देखिए माधव नेपाल, गणेश तिमिल्सिना, महेश बस्नेत, रघुजीपन्त र प्रेम आले
अ+ अ-

काठमाडौँ । आजबाट देशभरका सिने हलमा प्रदर्शन शुरु भएको नेपाली चलचित्र ऐंचोपैँचोको प्रिमियर शो बुधवार काठमाडौंमा भयो ।

फिल्मको प्रिमियर शोमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपसभामुख इन्दिरा राना, एमाले नेता रघुजी पन्त, महेश बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही, नेकपा (एकीकृत समाजवादी) का नेता प्रेम आले लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

साँझ ६ बजेदेखि शुरु भएको चलचित्रको प्रिमियर शोमा अन्य राजनीतिक दलका नेताहरु र कलाकारहरुको उपस्थिति बाक्लो थियो । सामाजिक र राजनीतिक कथावस्तुमा आधारित चलचित्र ऐंचोपैँचोले देशका राजनीतिक विकृति र विसंगतिमाथि व्यंग्य गरेको छ । चलचित्रको प्रिमियर शोपछि सिने पत्रकारहरुसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी) का नेता प्रेम आलेले फिल्ममा गरिवको पक्ष्ँमा लड्दा लड्दा कहिले धनी बनियो भन्नेकुरा थाहा नै नभएको कुरालाई चलचित्रमा देखाइएको बताउनु भयो ।

उहाँले चलचित्र सत्यतामा आधारित रहेको बताउनु भयो । उहाँले राजनीतिलाई पेशा गराउनु नहुने सन्देश फिल्मले दिएको बताउनु भयो । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले चलचित्र राजनीतिक र सामाजिक कथावस्तुमा आधारित रहेको बताउनु भयो । उहाँले चलचित्रले दलको सिण्डिकेट र त्यहाँ भित्र भएका विकृतिलाई उजागर गरेको बताउनु भयो ।

उहाँले नेपालको चलचित्र क्षेत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नभइ सञ्चार तथा सूचना, प्रविधि मन्त्रालयअन्तर्गत राखिएकोप्रति आपत्ति जनाउनु भयो । प्रिमियर शोपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले परिवर्तन गर्न युवा शक्ति आफैँ जागरुक हुनुपर्छ भन्ने किसिमले चलचित्रको दोस्रो भाग आउनुपर्ने बताउनु भयो ।

चलचित्रको प्रिमियर शोपछि बोल्दै अभिनेता सोभित बस्नेतले कृषा चौलागाईंले पुरुषहरुलाई चुनौति दिएर चलचित्र निर्देशक गर्दै आइरहेको र चलचित्र उत्कृष्ट बनेको बताउनु भयो । फिल्म देखेर नेताहरु दु:खी भएपनि कार्यकर्ता खुशी हुने बताउनु भयो । त्यस्तै अभिनेता सलोन बस्नेतले चलचित्र उत्कृष्ट रहेको र देशको सामाजिक र राजनीतिक समस्यालाई देखाइएको बताउनु भयो ।

त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले सबै नेपाली चलचित्र आफ्नो जस्तो लाग्ने बताउँदै आफ्नै फिल्मको प्रिमियर भएको जस्तो लागेको बताउनु भयो । उहाँले हरेक नेपाली चलचित्र आउँदै गर्दा कस्तो बन्यो होला ? भन्ने कौतुहलता हुने गरेको बताउनु भयो । त्यस्तै अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो ८ वर्षीय फिल्मी करियरमा पहिलो पटक प्रिमियर शो भएको बताउनु भयो ।

राजनीतिक कथावस्तुमा आधारित चलचित्रमा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिस क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय छ । ‘ऐंचोपैँचो’ लाई कृषा चौलागाईंले निर्देशन गर्नुभएको हो ।