७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ

सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ
अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ ।

बिहीवार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको हो ।

उहाँले जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल गर्न लागेका बताउनु भयो । उहाँले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पार्नुभयो । उहाँले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने बताउनु भयो । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक पार्टीहरुले सहमति कायम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकारले अहिले समृद्धिको यात्रालाई तिव्र बनाउने हो भने समृद्धिको प्रक्रियालाई तिव्र बनाउने र फड्कोमा पुर्‍याउने हो भने हामीले सुशासनको अभियानलाई प्रभावकारी ढंगले अगाडी नबढाइ हुँदैन । भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालाबजारीालाई रोक्ने, ठगिलाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नहरुलाई कडा कारबाही गर्ने प्रक्रियामा अगाडी बढेर मात्रै यो देशमा सुशासन स्थापित गर्न सकिन्छ । र सुशासन स्थापना गरेसँगै मात्रै समृद्धिलाई तिव्र बनाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ । त्यही आधारमा अहिले यो अभियान चलाइराखेका छौँ । देशका सबै जनसमुदायहरु, सबै संगठनहरुले, सबै संस्थाहरुले, सबै युवाहरुले, नागरिक समाजले सरकारले चालेको यो सुशासनको अभियानलाई समर्थन गरिराखेका छन् ।’

‘म सबैलाई सरकारको तर्फबाट आभारसहित धन्यवाद पनि दिन चाहान्छु । यसले थोरै आशा पैदा गरेको छ । समृद्धिको यात्रा जो मन्द छ, त्यसलाई तिब्र बनाउनको निम्ति सुशासनको यो अभियानले सहज बनाउँछ भन्ने आशा पैदा भएको छ । तर साथसाथै यो सुशासन जुन प्रवृत्तिका विरुद्ध, जुन तागतका विरुद्ध सञ्चालन गरिएको हो । ति प्रवृत्ति र तागतहरु संगठित भएर यसलाई असफल गराउने दुष्प्रयत्न पनि गर्दैछन् भन्ने अर्को यथार्थ हो । तर सरकारले यो सुशासनको अभियानलाई छोड्नेवाला छैन । सुशासनको अभियानबाट विश्राम लिनेवाला छैन । यसकारण हामी यसलाई सफल बनाइ छाड्छौँ र समृद्धिको मुल आधारको रुपमा यसलाई अगाडी बढाएर यो नेपाललाई समृद्ध नेपाल बनाइ छाड्छौँ भन्ने संकल्प छ ।’

‘सरकार मात्र होइन, सरकारमा रहेको राजनीतिक पार्टी मात्रै होइन । सबै राजनीतिक पार्टीहरुले राष्ट्रिय मुद्दामा सहमती कायम गर्नुपर्छ । त्यसपछाडी सारा संघ, संगठनहरु, निजी क्षेत्र, सबै मिलेर देशको अहिलेको राष्ट्रिय, केन्द्रिय कार्यभारलाई पूरा गर्न हामी एकसाथ हातेमालो गरेर अगाडी बढ्नुपर्छ भनेर संकल्प गर्नु जरुरी छ । त्यसो भयो भने नेपाल बनाउन सक्छौँ । बनाइ छाड्नुपर्छ । अब आशा मर्दै जाने, विश्वास घट्दै जाने, निराशा बढ्दै जाने कुरालाई रोक्नुपर्छ । नयाँ आशा, नयाँ विश्वास, नयाँ आधारसहित हामी अगाडी बढ्नुपर्छ ।’

गृहमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पुर्‍याउने पनि बताउनु भयो ।